नेपाली टोली क्वार्टरफाइनलमा

footballकाठमाडौ : नेपाली युथ फुटबल टोली गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टफाइनलमा प्रबेश गरेको छ । क्वार्टरफाइनल प्रबेश गर्ने क्रममा नेपाली युवा टोलीले जर्ज टेलिग्राफलाई ४–१ ले पराजित गर्‍यो । बिमल घर्तीले दुइ गोल गरे भने शिब सुबेदी र अनील राइले थप गोल गरे । पराजित टोलीका अजय रायले गोल गरे । सातौ मिनेटमा बिमलले पहिलो गोल गरे ।। बिमलले २६ औ मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । ३९ औ ४० मिनेटमा अजयले नेपाली रक्षापक्तिको गल्तीको फाइदा उठाउदै गोल अन्तर कम गरे । ५६ औ मिनेटमा अनीलले साघुरो कोणबाट गोल गरे । ७० औ मिनेटमा शबि सुबेदीले गोल गरे । ७० औ मिनेटमा अन्जन बिस्टको पासमा शिबले गोल गरे । खेलमा आकर्षक रहेको नेपाली युवा टोलीले थप केही राम्रा मौका गुमाएको थियो ।
नेपाली टोलीले अझ खेलमा सुधार गर्ने अपेक्षा राखेको प्रशिक्षक सुनील श्रेष्ठलृ बताए । एकदर्म आकर्षक रहेको नेपाली यु–१६ टोली साफ उपा विजेता हो भने एएफसी यु–१७ च्याम्पियनसीपका लागि पनछनोट भइसकेको छ ।

प्रतिक्रिया