काठमाडौ : लक्ष्मी टोल युबा क्लब प्रथम ब्याडमिन्टन प्रतियोगिता मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । पहिलो दिन सम्पन्न मेन्स डबल तर्फको खेलमा जित हात पार्दै सुकेधाराका महेश स्वार र मान बहादुर बुढाथोकी दोस्रो चरणमा प्रबेश गर्यो । उक्त जोडीले पहिलो चरणमा कपन नयाापुलका नारायण गौतम र धनपती चिमोरियाको जोडीलाई २१–१८,२१–१३ ले पराजित गरेको हो । अर्को खेलमा लक्ष्मी टोलका कर्ण बहादुर बुढा र छिरिङ सेर्पाको जोडीले मिड प्वाइन्ट क्लबका तेन्डी सेर्पा र दावा तामाङको जोडीलाई २१–६ र २१–१८ को सोझो सेटमा पराजित गर्यो । यसैगरि बिश्रान्ती क्लबका तुलसी महर्जन र प्रकाश राईको जोडीले बिस्व स्वरुप क्लबका सुरेन्द्र थापा र जोन कुमार मकाजु लाई २१–१६,२१–९ को सोझो सेटमा हराउदै अघिल्लो चरणमा प्रबेश पक्का गरेका छन् । यस्तै पहिलो दिन सम्पन्न अन्तिम खेलमा राजु भुजु र केशब पौडेलको जोडीले आईतमान तामाङ र तेन्जी सेर्पाको जोडीलाइ २१–९ र २१–१३ ले सोझो सेटमा पराजित गरेका छन् ।
१ सय ५० भन्दा बढि खेलाडीको सहभागिता रहेको प्रतियोगिता १ मंसिरसम्म चल्ने छ । प्रतियोगिताका लागि ब्राण्डेड मोबाईल बिक्रिबाट ख्याती कमाएको सिटीभी मोबाईल तथा घाम पावरले प्रायोजन गरेका छन् । उद्य्घाटन सत्रमा नेपाल ब्याडमिन्टन संघका महाासचिब रामजी बहादुर श्रेष्ठ र काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपक थापा र प्रायोजक सिटीभी मोबाईलका प्रबन्ध निर्देशक अलाईभ ग्लाईडरको पनि उपस्थिती रहेको थियो । लक्ष्मी टोल युबा क्ल्बका अध्यक्ष र ब्याडमिन्टन संघका अध्यक्षले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतिक्रिया