बारा जिल्लामा यति बेला एमाले प्रति जनताको जनलहर उर्लेको छ । जिल्लाको सबै निर्वाचन क्षेत्रमा सुर्यको लहर छ । एमालेका नेता कार्यक्रतामा मात्र हैन आम जनतामा पनि एमालेका उमेदवार जिताउन उत्साह देखीन्छ । यति बेला जनतमा एमाले प्रति बढि उत्साह देखीनुको कारण के पनि हो भने । गएको संविधानसभा निर्वाचनमा यस जिल्लाबाट बिजयी उमेदवारहरूले जनता का आकंक्षा पुरा गर्न सकेनन । जनता आफुले जिताएको प्रतिनिधिसंग जनताले धेरै अपेक्षा राखेका थिए । त्यो उनीहरूको अधिकार पनि हो । तर निर्वाचन जिते पछि क्षेत्र प्रति गैर जिम्मेवार हुने प्रबृद्धीले जनता दिक्क छन् । अगिल्लो संविधानसभामा जितेका उमेदवारले जनताको भावना बुझेर काम गरेनन् । त्यसैले जनतामा नयाँ ब्यत्ति प्रतिको आर्कषण बढेको हो । हाम्रो पार्टीका प्रतिनिधिले बिगतको संसदीय निर्वाचनमा यस क्षेत्रबाट जित्दा गरेका प्रभावकारी काम जनताले भुलेका छैनन् ।
अगील्लो संविधानसभामा जितेका प्रतिनिधिने जनताको बिच गरेका बाचा केहि पुरा गरेनन । नत संविधान बनाउने गरीमामय जिम्मेवारीनै पुरा गरे । जनता र राष्ट्रको समस्या भन्दन उनीहरू आफ्नै स्वार्थमा केन्द्रित भए । जस्ले जनता नयाँ अनुहार खोज्दै छन् । जनताको साथ दिने बिचार र दृष्टिकोणले परिपक्क नेताको पछाडी छन् यहाँका जनता । पहिलो संविधानभामा यस क्षेत्रबाट जितेर गएका उमेदवारले जनतालाई केहि दिएनन । उनीहरूको दायीत्व जनतालाई शान्ति, संविधान दिनु थियो । तर त्यो जिम्मेवारी उनीहरूले पुरा गर्न सकेनन । यति बेला उनीहरूसंग जनता रुष्ट छन् । यो निर्वाचनमा इमान्दार र योग्य उमेदवार छोज्दै छन् । जनताको त्यो चाहना र रोजाई यो पटक म पुरा गर्ने छु । जनता मेरो साथमा छन् म जनताको मन भित्र त्यसैले मेरो जित धेरै नजिक छ ।
बाराको जनतामा बिवेक छ । कस्ता नेतालाई जिताउँदा आफ्नो क्षेत्र र राष्ट्रको भलो हुन्छ भनेर । त्यसैले यति बेला आफ्नो बिवेक पुरा गर्न जनता तयार छन् । यो क्षेत्रमा यति बेला एमाले पहिलो शात्तिको रुपमा अगाडी बढदै छ । म जनताको अपार जनमतले जित्नेम ढुक्क छु । हामीलाई जनताको त्यो जनमत छ जसलाइ कसैले रोक्न सक्दैन । यति बेलन बाराली जनता भन्दै छन् । गाउँको बिकासमा ध्यान दिने मनमोहन अधिकारीको पार्टीका नेतालाई जसरीपनि बिजयी गराउनु पर्छ अनि मात्र यो क्षेत्रको समग्र बिकास हुने छ । हाम्रो पार्टीले जनताको मन आज मात्र हैन स्थापना काल देखी जितेको छ । फेरी यो क्षेत्रका जनता धेरै सचेत छन् । पञ्चायतकालम पनि यस क्षेत्रका जनताले हाम्रो पाटीका धेरै अग्रज नेताहरूको संरक्षण गरेका थिए । र आज तिनै पार्टीको नेतालाई यो क्षेत्रको सम्पुर्ण बिकास निर्माण र संविधान बनाउने जिम्मा दिन तयार छन् । बिगतमा एमालेका प्रतिनिधिहरूले गरेका काम यहाँका जनताले बिर्सेका छैनन । यो क्षेत्रमा बाटो थिएन, पुल थिएन एक गाउँबाट अर्को गाउँमा जान जनता घण्टौ घुम्नु पर्ने अवस्था थियो । सर्पले टोकेको अवस्थामा मान्छे हेर्दा हेर्दो मर्ने अवस्था थियो । आज यहि ठाउँमा सयौं कल्पड, बाटो बन्यो । पहिलेको जस्तो सास्ती जनतालाई यति बेला छैन । काम गर्ने इक्ष्छाशत्ति भयो भने जे पनि गर्न सकिन्छ भनेर हामीले दखाएका छौ । त्यो सबै काम एमलेको नौ महिने सरकारको कार्यकालमा भएको हो । मलाई बिश्वास छ जनताले हामीले गरेका कामको उचित मुयाङ्कगर्ने छन् ।
एमाले आज मात्र हैन । सधै जनताको पक्षमा काम गरेकपार्टी हो । एमालेले जनताको पक्षमा गरेको काम कहिल्यै भुल्ने छैनन् । नौ महिने सरकारको बेला गाउँमा गाउँ काम कहिल्यै भुल्दैनन । छ । चाहे त्यो नौ महिने सरकारको कार्यकालमा गरेको लोकप्रिय काम होस वा स्थानीय स्तरमा गरेरको जनहितको काम होस । हामीले आफु जनप्रति नहुदा पनि यहाको बिकास र निर्माणमा जनताको साथ छोडेका छैनौ । सबै हाफुलाई यहाँको जनताको साथमा उभिआएको छौं । जनताले त्यो मुल्याङ्कन गरेर यो पटक मलाई बिवयी गराउने मा म ढृक्क छु । जनता यति बेला मेरो साथमा छन् । उनीहरू हरेक हिसावले एमाले बाहेक कसैले यो क्षेत्रमा केहि गर्न सक्दैन भन्नेमा बिस्वस्त भएका छन् ।
मैले निर्वाचन जित्ने धेरैकारणहरू छन् । पहिलो कुरो म यहाँको स्थानीय बासीन्दा अर्को जनताको नजरमा नयाँ उमेदवारको खोजी, एमाले प्रति जनताको बिश्वास र मेरो प्रतिस्पर्दा गर्ने सक्नेअरु राजनैतीक र बैचारीक उेदवार नहुनु । यीनै कारणले यो पटक बारा ५ मा मात्रै हैन सबै तिर एमाले प्रति जनताको अपार समर्थन छ । सबैको नजर सुर्य चिन्हमा छ । र म यो क्षेत्रको जवनताको प्रतिनिधि भएर यो क्षेत्रमा एमाले ले सुरु गरेका कामको बाँकी कार्यभार पुरा गर्न चाहन्छु । बिगतका उमेदपवारले जस्तै यहाँका जनतालाई निरास पार्ने काम गर्ने छैन । पहिलो जिम्मेवारी नेपाली जनतालाई संविधान दिने छु । जनताले बुझेका छन् एमाले बाहेक कसैले यो राष्ट्रलाई अग्रगती दिन सक्न छैनन । त्यसैले यहाँका जनता हामीलाई बीजयीको माला पहिराउन प्रतिबद्ध भएर बसेका छन् । अब का जनता भ्रम र आस्वासनमा पर्दैन । को ठिक को बेठीक जनता आफै छुट्टयाउने छन । सबै परिस्थीको कारण मेरो बिजयी निश्चित छ ।
प्रतिक्रिया