इँटाभट्टा सुधार्न अमेरिकी संस्था नेपालमा

काठमाडौं, २७ कात्तिक । नेपाली ईटाभट्टामा विद्यमान समस्या समाधान गर्ने उदेश्यले अमेरिकी संस्था ‘ग्लोबल फेरनेस ईन्सेन्टीभ’ (जिएफआई) र ‘ह्युमेनिटी युनाईटेड’(एचयु) ले नेपाली संस्था ‘वेटर ब्रिक नेपाल’संग मिलेर संयूक्त रुपमा अभियान संचालन गर्ने भएको छ ।

ईटाभट्टाका आर्थिक,समाजिक र प्राबिधिक समस्या समाधान गर्न सो अभियान महत्वपुर्ण हुने विश्वास गरिएको छ । ब्रिक नेपालको कार्यलय उद्घाटन कार्यक्रममा सो विषयमा जानकारी दिइयो । उदघाटन समारोहमा अमेरिकी संस्था जिएफआईका नेपाल निर्देशक होमराज आचार्यले १ सय भन्दा बढी देशमा आफनो संस्थाले सहकार्य गरिरहेको जानकारी दिए । ब्रिक नेपालसंग काम गर्न अमेरिकाको अर्काै समाजिक संस्था ‘ह्युमेनिटी युनाईटेड’का प्रतिनिधी पनि नेपाल आएको जानकारी निर्देशक आचार्यले दिए । ईटभट्टाका समस्या पहिचान गरी योजनाबद्ध तरिकाले तिनको समाधान गरिने आचार्यले बताए ।
राजश्व बिभागका अनुसार नेपालमा ११ सय ईटाभट्टा वैध रुपमा संचालनमा छन् । ५ सय भन्दा बढी भट्टा अझै पनि दर्ता बिना नैं संचालनमा रहेको बताइन्छ । छ । यो क्षेत्रमा बालश्रमीकको समस्या बढी भएको मानिन्छ । बातावरण प्रर्दषणको समस्या पनि योक्षेत्रमा छ । नेपालका ईटाभट्टामा काम गर्ने बालमजुदुरको संख्या ६० हजारभन्दा धेरै रहेको गैरसरकारी संस्थाहरुको
तथ्यांक छ ।

प्रतिक्रिया