यु–१९ क्रिकेटमा काठमाडौं र भैरहवा विजयी

काठमाडौं : वाइ वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा क्षेत्र नम्बर ३ काठमाडौंले क्षेत्र नम्बर १ लाई तीन विकेटले हराएको छ । पहिले ब्याटिङ गरेको क्षेत्र नम्बर १ ४५ ओभर ३ बलमा अल आउट हुँदै १ स य५८ बलमा समेटिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको काठमाडौले ३० ओभर ४ बलमा ७ विकेटको क्षतिमा १ सय ६२ रन जोड्यो ।
काठमाडौंको जितका लागि विब्हात्सु थापाले अविजिति रहादै अर्धसतक प्रहार गरे । उनले ४१ बलमा ८ चौका र १ छक्काको मद्दतमा ५८ रन जोडे । त्यसैगरि ओपनर प्रकाश विष्ट एले १० रन जोड भने अर्काे ओपनर ब्याट्म्यानले आशिष धामीले ११ रन जोडे । सरद खड्काले १५ र पुरुषोत्तम झाले १० रन जोडे । अन्य ब्याट्म्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।
क्षेत्र नमबर १ का लागि सिद्धान्त लोहनी र हेमन राईले २/२ विकेट लिए । कालिचरण यादव र रोहित सिंहले १/१ विकेट लिएका थिए । यस अघि क्षेत्र नम्बर १ का लागि सामेद यादवले ४० रनको योगदान दिएका थिए । त्यसैगरी मुकुन्दा यादवले ३४, रोहित सिंहले २२, कालिचरण यादवले १० र पुरन विश्वकर्माले १४ रन जोडे । अन्य ब्याट्म्यानले दोहोरो अंकको रन जोड्न सकेनन्  ।
अर्काे खेलमा क्षेत्र नम्बर ४ भैरहवाले क्षेत्र नम्बर ८ पोखरालाई १ सय १८ रनले हराएको छ । भैरहवाले पहिले ब्याटिङ गर्दै रूपेश बास्टोलाको अर्धसतकको मद्दतमा ४७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८९ रन जोडेको थियो । जवाफमा पोखरा ३४ ओभरमा अल आउट हुँदै ७१ रनमा समेटिएको थियो । पोखरालाई सस्तैमा समेट्नेक्रममा दिपेन्द्र यादव, रूपेश बास्टोलाले ३/३ विकेट लिएका थिए । मनबहादुर थापा, सुसान बैरी, इक्लाख अहमदले १/१ विकेट लिएका थिए । यस अघि भैरहवाका लागि रूपेश बास्टोललो ४८ बलमा १० चौका र १ छक्काको मद्दतमा ५२ रन जोडे । दीपेन्द्र यादवले २१ रन जोडे ।

प्रतिक्रिया