मड्रिड : स्पेनिस ला लिगामा अपराजित यात्रा कायमै राख्ने क्रममा बार्सिलोनाले रियल बेटिस माथि ४–१ को जित हात पार्यो । एथलेटिकको म्याड्रिड र रियल म्याड्रिडले बार्सिलोनालाई पछ्याइरहेपनि बार्सिलोनाले आफ्नो खेलमा नियमित जित हता पारि नै रहेको छ । नाउक्याम्पको टोलीले ओशासुनासँग बराबरी खेले पनि अन्य क्लबसँगको आफ्नो खेलमा सतप्रतिशत जित निकालेको छ ।
आइतबार राती भएको खेलमा बार्सिलोनाका लागि ब्राजिलीयन स्ट्राइकर नेइमारले ३६ औँ मिनेटमा टिमलाई अग्रता दिलाए । त्यस्को १ मिनेट वित्न नपाँउदै पेड्रोले टिमका लागि दोस्रो गोल गरे पहिलो हाफमा २ गोलको अग्रता कायम गरेको बार्सिलोना दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । दुवै गोल सेस फाब्रिगासका नाममा रह्यो । अन्तिम मिनेटमा पेनाल्टी पाएपछि बेटिसले एक गोल गर्यो । जारी लिगमा बार्सिलोनाको ३७ अंक छ उसले १३ खेलमध्ये १२ मा जित र एक खेलमा बराबरी गरेको छ । दोस्रो स्थानको एथलेटिको म्याड्रिडको ३४ अंक रहेको छ । रियल म्याड्रिड ३१ अंकका साथ तेस्रो स्थानमा रहेको छ । (एजेन्सी)
प्रतिक्रिया