योद्धाको सम्झनामा ‘पप्पी डे’

Dharan-Pappy-Dayधरान २६ कात्तिक । भुतपुर्वक ब्रिटिस गोर्खा सैनिक (गेसो) सुनसरीले सोमबार धरानमा विरयोद्धाहरूको सम्झनामा छैटौ पप्पी डे मनाएको छन ।

प््राथम र दोस्रो विश्व युद्धमा विरगाति प्राप्त गरेको योद्धाहरूको सम्झनामा पप्पी डे मनाएको आयोजकले जानकारी दिएको हो । पप्पी डे ११ महिना ११ तारीक ११ बजे ११ मिनेटमा मनाइने गरेको छ ।
युद्धमा लडेर विरगति प्राप्त गरेको सैनिकहरूको शव गाडीएको ठाउमा जादा पप्पी फुल फुली रहेको थियो । त्यो फुल सैनिकहरूले टोपी लगाएर स्लोड हानेको जस्तो देखेको र त्यसको सम्झनामा पप्पी डे मनाउन थालिएको हो ।
कार्यक्रममा प्रमखु अतिथी एनबिई एमसिई इन्द्रजीत वनेम रहेको थियो । कार्यक््रममा केहि बर्ष अगाडि अफगानिस्तानमा विरगती प्राप्त गरेको बिजय राईको तस्वीरमा मालापर्ण गरिएको थियो ।
पप्पी डेमा उठेको रकम अपाड. र असाहयहरूलाई दिने गरेको भुपु सैनिक रमेश राईले जानकारी दिए । विरगति प्राप्त गरेको योद्धाहरूको सम्झनामासुनसरी स्थित बिष्णुपादुमा बिट्रिस गोर्खा पार्क निर्माण गर्न थालेको समेत उनले जनकारी गराए ।

प्रतिक्रिया