चेन्नाइ म्याग्नस कार्लसन र बिश्वनाथन आनन्द विचको बिश्व च्याम्पियनसीपको दोस्रो खेलमा पनि बराबरी भएको छ । यी दुइ विचको पहिलो खेल पनि बराबरी भएको थियो ।
चेन्नाइको हाइत रिजेन्सी होटलमा जारी च्याम्पियनसीपको दोस्रो खेलमा आनन्दले ‘ इ फोर ’ बार खेल सुरुवात गरेका थिए । काराकोन डिफेन्स क्लासिकल भेरिएसनको खेलको २५ औ चालमा यी दुइले बराबरी गरेका थिए । दुइ खेलको समाप्तीमा यी दुइको १/१ अंक भएको छ । श्रृंखलाका बाकी १० खेल बाकी रहेका छन् । साविक विजेता आनन्दसंगको बिश्व च्याम्पियनसीप भिडन्तमा कार्लसनलाई दाबेदारको रूपमा हेरिएको छ । कार्लसन २८७० सहित चेस इतीहासकै सबैभन्दा बढी रेटिङ भएका खेलाडीको रूपमा रहेका छन् । (एजेन्सी)
प्रतिक्रिया