टासीले जिते कतार एअरवेज ओपन गल्फ

golf-tashi-chheringटासी छिरिङले कतार एअरवयज ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण फरेस्ट गल्फ रिर्सोटमा शनिवार भएको प्रतियोगितामा छिरिङले ३८ स्टेबलफोर्ड अंकसहित उपाधिमाथि कब्जा जमाए । प्रतियोगितामा ४ ह्यान्डीक्यापसहित खेलेका चार्ली गुरुङले उपविजेतामा चित्त बुझाए । उपविजेता चार्ली टासीभन्दा एक स्ट्रोकले पछि परेका थिए । टासीले तीन अन्डर खेलेका थिए । तेस्रो होलमा इगल हानेका टासीले छैटौँ होलमा बर्डी गरेका थिए । हृदयेश सिंहले प्रतियोगितामा बेस्ट ग्रसको उपाधि हात पारे । यता महिलातर्फको उपाधि भने रेखा घिमिरेले हात पारिन् । महिलातर्फ पुष्पा राईले दोस्रो स्थान हात पारे । ६० वर्षभन्दा माथिको उमेर समूहमा छुल्टिम लामाले जित दर्ता गराए । खुल्ला उपाधि विजेता टासी छिरिङका पुत्र तेन्जिङ छिरिङले जुनियरतर्फको उपाधिमाथि कब्जा जमाए । दोस्रो स्थान सुर्यान्स चौधरीले हात पारे । प्रतियोगितामा ७ जना जुनियर खेलाडी र ६ महिलासहित १ सय ११ खेलाडी सहभागी थिए ।

प्रतिक्रिया