निर्वाचन सुरक्षाका लागि हाते पुस्तिका

काठमाडौ, २४ कात्तिक । सशस्त्र प्रहरी बलले संविधानसभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन सुरक्षासम्बन्धी दुई वटा हातेपुस्तिका शनिवार प्रकाशन गरेको छ ।

दुई हातेपुस्तिकामध्ये निर्वाचनको सिलसिलामा सुरक्षामा खटिने सशस्त्र प्रहरी कर्मचारीहरूका लागि ‘निर्वाचन सुरक्षा जानकारी पुस्तिका’ प्रकाशन गरिएको हो भने निर्वाचनसाग सम्बन्धित सबैलाई जानकारी दिने अभिप्रायले ‘निर्वाचन सुरक्षा चेतना पुस्तिका’ प्रकाशनमा ल्याइएको छ । ‘निर्वाचन सुरक्षा जानकारी पुस्तिका’मा निर्वाचनका बेलाका सम्भावित चुनौतीलगायत निर्वाचन सुरक्षा कार्यनीति, निर्वाचनको अगाडिदेखि निर्वाचनको समाप्ती पछाडिसम्मको सुरक्षा व्यवस्थालगायतका विविध विषयवस्तुलाई समेटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।
सैगरी यस पुस्तिकामा निर्वाचन (कसुर र सजाय) ऐन २०६३, निर्वाचन आचारसंहितालगायत निर्वाचन अनुगमन गर्ने निकायबारे जानकारी उल्लेख गर्नुका साथै निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि सशस्त्र प्रहरी बल परिचालन हुने जिल्लाहरूको क्षेत्रगत विवरणसमेत समावेश गरिएको छ ।
‘निर्वाचन सुरक्षा चेतना पुस्तिका’मा निर्वाचनमा हुन सक्ने खतराको प्रकृति, सुरक्षाका चरण र उपायलगायत राजनीतिक दलका प्रतिनिधि एवम् उम्मेदवारले अपनाउनुपर्ने सुरक्षाका उपाय, निर्वाचनमा आबद्ध कर्मचारीले अपनाउनुपर्ने सुरक्षा उपाय, सुरक्षा चुनौती, हुन सक्ने सम्भावित ठाउा र समय, सुरक्षाका घेरालगायतका विविध विषयका जानकारी समेटिएको छ । दुवै हातेपुस्तिकामा सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायका महत्वपूर्ण टेलिफोन नम्बरहरूसमेत प्रकाशित गरिएको छ ।

प्रतिक्रिया