जुनियर खुलाटेनिस मंसिर पहिलो साता

काठमाडौ : जुनियर टेनिस खेलाडीका अभिभावकहरू मिलेर मंसिर पहिलो साता प्रथम नेपाल जुनियर खुलालनटेनिस प्रतियोगिता आयोजना गर्ने भएका छन् । प्रतियोगिता सातदोबाटोस्थित टेनिस कोर्टमा १ देखि ८ मंसिरसम्म सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतियोगितामा यु–८, यु–१०, यु–१२, यु–१४, यु–१६ र यु–१८ उमेरसमूहमाब्वाइज/गल्र्सको सिंगल्स हुनेछ । यु–१८ माभने ब्वाइज र गल्र्सको डबल्समा पनि प्रतिस्पर्धा हुने आयोजक समितिका संयोजक अजय विष्टले बताए । कुल १४ स्वर्णका लागि करिब ३ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान छ ।
सबै विधामानगद पुरस्कारको व्यवस्था छ । कुल नगद पुरस्कार राशी ९६ हजार रहेको छ । आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट ३ लाख ५० हजार रहेको छ । अखिल नेपाल लनटेनिस संघको सहयोगमा हुन लागेको प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्नेछ ।
यो प्रतियोगितालाई निकट भविष्यमा अन्तर्राष्ट्रिय स्वरुप दिइने बताइएको छ । पत्रकार सम्मेलनमा लनटेनिस संघका अध्यक्ष मनोज राणा र उपाध्यक्ष ज्योति राणालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया