‘माओवादी मुद्दालाई सम्मान छ’

काठमाडौ, २३ कात्तिक । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले नेकपा–माओवादीले उठाएको मुद्दालाई एमाललले सम्बोधन गर्न सक्ने बताए । ललितपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले संविधान निमार्णका लागि एमालेको बहुतम आवश्यक रहेको बताए । सभामा बोल्दै एमाले पोलिटब्युरो सदस्य तथा ललितपुर क्षेत्र नं. ३ का उम्मेदवार रघुजी पन्तले आफू लामो समयदेखि ललितपुरको राजनीतिमा सक्रिय रहे पनि एकपटक चुनाव जितेर अर्कोपटक भाग्ने पार्टी र मकवानपुरको नागरिक भएर ललितपुरमा उम्मेदवार हुनेले नै स्थानीयताको मुद्दा उठाउनु हाँस्यास्पद भएको बताए । ललितपुरमा स्थानीयताको मुद्दा उठाउने क्षेत्र नं. ३ का उम्मेदवार मदन अमात्य मकवानपुरका हुन् । यसैगरी ललितपुर क्षेत्र नं. १ मा यसअघि विजयी एमाओवादी उम्मेदवार वर्षमान पुन यसपटक मोरङका उम्मेदवार छन् ।

ललितपुरमा एमालेले एक नम्बर क्षेत्रमा मधुसुदन पोडेल, दुइमा कृष्णलाल मर्हजन र तीनमा रघु पन्तलाई उम्मेदवार बनाएको छ । एमाओवादीले एकमा हरि दाहाल, दुईमा सरोजसिंह डंगोल र तीनमा दिपेश मर्हजनलाई उम्मदेवार बनाएको छ । कांग्रेसले एकमा उदयशमशेर, दुईमा चन्द्र मर्हजन र तीनमा मदन अमात्यलाई उम्मेदवार बनाएको छ । उम्मेदवार भएकामध्ये उदयशमशेर ०५२ मा एकैपटक ललितपुर तरुण दलका अध्यक्षको रूपमा राजनीतिमा प्रवेश गरेका कनिष्ठ मानिन्छन् । तीनवटै क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । एक नम्बर क्षेत्रमा भने कांग्रेस नेता रामचन्द्र पौडेललाई हराउन पैसा खर्च गरेको चर्चा गरेपछि उदयसमसेर अप्ठेरो परेका छन् । शेरबादुर देउवाका प्रिय पात्र उदय शमसेरले तनहुँ दुइ नम्बर क्षेत्रमा उम्मेदवार भएका पार्टीका वरिष्ठ नेता पौडेललाई चुनाव हराउनका लागि ६० लाख रुपियाँ पठाएको चर्चा ललितपुरमा व्यापक चलेको छ । एक नम्बर क्षेत्रको पार्टीका निकायमा पौडेलनिकट व्यक्तिको प्रभाव रहेको छ । नातामा शेरबहादुरका साला पर्ने उदयशमसेर शेरबहादुरको भागमा परेको कारण तरुण दलका अध्यक्ष बनेका थिए ।
मताधिकारको सदुपयोग गरौँ –इश्वर पोखरेल
महासचिव पोखरेलले सम्पूर्ण नेपालीको भविष्यको फैसला गर्ने संविधानसभा निर्वाचनमा सहभागी भई मताधिकारको सदुपयोग गर्न आग्रह गरेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ स्थित बसुन्धारामा शुक्रबार आयोजित कार्यक्रममा नेता पोखरेलले जनताको चाहना तथा परिवर्तनको प्रवाहलाई कसैले पनि रोक्न नसक्ने उल्लेख गर्दै त्यसलाई रोक्न खोज्ने दल तथा नेता ईतिहासको पानामा सीमित हुने दाबी गरे । सो क्षेत्रको उम्मेदवारसमेत रहेका महासचिव पोखरेलले राष्ट्रिय एकता र राजनीतिक स्थिरताका लागि आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गर्दै आफ्नो पार्टीको बहुमत कायम भएमा नेपाली जनताको चाहना पूरा गर्न सकिने प्रगतिशील संविधान जारी हुने बताए । यसैबीच काठमाडौं निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत कपनमा एमाले शाखा कमिटीले र्‍याली निकालेको छ । पार्टीका उपाध्यक्ष विद्यादेवी भण्डारीले शुभारम्भ गरेको सो र्‍याली स्थानीय राममन्दिर हुादै वडा नं. ७, ८ र ९ मा पुगेर समापन भएको थियो । उपाध्यक्ष भण्डारीले मुलुकमा विद्यमान संक्रमणकाल छिट्टै अन्त्य हुने भन्दै निर्वाचनपछि देश नयाा युगमा प्रवेश गर्ने उल्लेख गरिन् । सो क्षेत्रका एमालेका उम्मेदवार निर्मल कुइाकेलले स्थानीय विकासमा आफू प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया