कांग्रेस उम्मेदवारको गाडीमा आगजनी

Nepali Congressकाठमाडौ २२ गते । काभ्रे क्षेत्र नम्बर ४ का कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार कुमारप्रसाद लामिछानेको चुनावी प्रचारमा रहेको सवारी साधनमा आगजनी भएको छ ।

बनेपा–१ मा पार्किङ गरी राखिएको बा ९ च १९२६ नम्बरको गाडीमा अपरिचित समूहले बिहीबार राति आगजनी गरेको कांग्रेसले जनाएको छ ।

गाडीमा आगजनी भएको थाहा पाए लगत्तै जम्मा भएका स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । आगजनी गर्ने समूहको खोजतलास जारी रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया