काठमाडौ : नेपाल बकिसङ्ग संघले ९ देखि १३ पुससम्म आयोजना गर्ने २५औं पुरुष तथा चौथो महिला राष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा साथ दिने भएको छ । बिहिबार एक समारोहविच ब्रिटिस कलेजको सभाकक्षमा नेपाल बक्सिङ्ग संघका तर्फबाट महासचिव दीपक गुरुङ्ग र ब्रिटिस कलेजका तर्फबाट डाईरेक्टर नरेन्द्र काडेलले प्रायोजना सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता पत्र अनुसार कलेजले प्रतियोगिताको लागि नगद ३ लाखको सहयोग गर्ने छ ।
उक्त कार्यक्रममा बोल्दै कलेजका डाईरेक्टर काडेलले नेपालमानै बेलायती मापदण्ड अनुरुप सोही शैली र स्तरको शिक्षा प्रदान गरि स्वदेशमानै विदेशी डिग्री हासिल गर्ने चाहनालाई पुरा गर्ने बताए । उनले नेपालबाट प्राप्त सो डिग्री विश्वको कुनै पनि कुनमा विक्नेमा दुइ मत नभएको बताए । उनले शिक्षा क्षेत्रका साथै खेलकुद क्षेत्रमा पनि हात हालेको भन्दै बास्केटबल, फुटबलमा प्रायोजना गर्दै आईरहेकोमा अन्तर्राष्ट्रिय पदक हासिल गर्न सफल खेल बक्सिङ्गमा पनि हात हालेको बताए ।
सम्झौता एक प्रतियोगिताको लागि मात्र भएता पनि प्रतियोगिताको स्तर र माईलेजलाई मध्यनजर गर्दै अर्को बर्षका लागि पनि सम्झौता गर्न सक्ने बताए । संघका अध्यक्ष राजीव श्रेष्ठले बक्सिङ्गलाई प्रायोजना गरेकोमा कलेजप्रती आभार ब्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरता रहने बिश्वास ब्यक्त गरे । (सौस)
प्रतिक्रिया