लोकतान्त्रिक संविधान निर्माणको आधारशीला निर्वाचन

काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले राजनीतिक निकास, देशको विकास र लोकतान्त्रिक संविधान निर्माणको आधारशीलाका रुपमा रहेको बताएका छन् ।

उनले आगामी संविधान सभाको निर्वाचनलाई सफल बनाउँदै नयाँ नेपाल निर्माणको अभियानमा सहभागी हुन दीपावलीले सबैमा प्रेरणा दिने बताएका छन् ।

दीपावलीका अवसरमा आज (सोमबार) सन्देश दिँदै देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबैनी तथा दाजुभाईहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी लोकतान्त्रिक संविधान बनाउने काममा दीपावली लगायतका चाडपर्वले सबैमा सामाजिक सदभाव, राष्ट्रिय एकता र मित्रताको भावनालाई अझ दरिलो बनाउन समेत योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया