महिना दिनअघि , जब २० हजारभन्दा धे दर्शकका अगाडी रियाल म्याड्रिडले ग्यारेथ बेललाई आफ्नो गृहमैदान सान्टियागो बेर्नाबाउमा प्रस्तुत गर्यो, त्यति नै बेला स्पेनिस भाषामा उनी भन्दै थिए – ‘हाला म्याड्रिड’ । ‘हाला म्याड्रिड अर्थात अघि बढ म्याड्रिड विश्वभरकै रियाल म्याड्रिड समर्थकका लागि नौलो शब्द रहेन । अहिले बेल म्याड्रिडस‘गै अघि बढीरहेका छन् उनी बार्सीलोना विरुद्धको खेलमा राम्ररी चल्न नसकेपछि अनेकौ टिप्पणी भएको थियो तर भर्ख मात्र फिफा वर्ष खेलाडीका लागि छनौट भएका बेलले ेभिल्ला विरुद्ध २ गोल गदै आलोचकहरुको मूख थुनेका छन्
०००
साउथह्याम्पटन एफसीको युवा टिमका गुरु रोडिकले तीन वर्षअघि बेललाई स्पेनिस सिक्न सल्लाह दिएका थिए । त्यतिबेलै रोडिकको बुझाई थियो, बेल विश्वको कुनै पनि क्लबबाट फुटबल खेल्ने क्षमता राख्छन् रियालले बेलका लागि मात्र ८६ मिलियन पाउण्ड खर्चियो, जून फुटबलको इतिहासमै सबैभन्दा महङो स्थानान्तरण रकम हो ३ वर्षअघि रियालले नै रोनाल्डोका लागि ८० मिलियन पाउण्ड खर्चिएको थियो विश्वकै सर्वाधिक महङो रकममा रियाल म्याड्रिडमा अनुबन्ध भएका बेल अन्य खेलाडीजस्तो स्टारडम प्रस्तुत गर्न भने अघि सर्दैनन् समाकालिन साथिहरुको बुझाईमा बेल निकै सिधा छन्, उनको स्वभाव लजालू छ । ६ वर्षअघि उनै बेल साउथह्याम्पटनबाट टोट्टेनह्याममा आबद्ध हुदाँ साथिभाई चकित बनेका थिए । टोट्टेनह्याममा उत्कृष्ट प्रतिभा देखाएका बेला रियाल म्याड्रिडमा आबद्ध हुदाँ आम फुटबलप्रेमी आश्चर्यमा पर पनि उनका साथिभाई आश्चर्यमा छैनन् ‘बेलले टोट्टेनह्याममै देखाइसकेका थिए, आफ्नो दम, त्यसैले उनको रियाल यात्रा उनीमाथि खर्चिएको महङो रकममा हामीलाई आश्चर्य लागेन ।’ बेलका साथि विलियम्स भन्छन् प्रशिक्षक रोडिकले बेललाई पहिलोपल्ट देख्दा उनी न्यू पोर्टस्थित कार्डिफ सिभिल सर्भीसमा यु–९ सिक्स ए साइड फुटबल खेल्दै थिए । ‘समरको दिन थियो, मैले निकै सानो खेलाडी, धे ैजसो देब्र खुट्टामात्रै चलाउने, गोल गर्न पनि सक्ने पास दिनपनि सक्ने त्यस्तो खेलाडी देखे‘’ – रोडिक स्मरण गर्छन् त्यतिबेला बेल कार्डिफस्थित ह्वाईटर्च हाइस्कुलमा पढ्दै थिए । उनी वेल्सका कप्तान तथा म्यानचेष्टर युनाइटेडका विश्वचर्चित मिडफिल्डर रायन गिग्सको ठूलो फ्यान हुन् बेललाई प्राथमिक शिक्षा दिने क्रिष्ट्रिना ंझिन्छिन्– ‘कक्षामा फुटबलजस्तै फुच्चे देखिने बेललाई भविष्यमा के बन्छौ भने सोध्दा अरुको भन्दा फरक जवाफ आउथ्योँ खेलाडी बन्ने उनको जवाफले कक्षामा हासोँको फोहरा छुट्थ्यो ।’ क्रिष्ट्रिनाको बुझाईमा उनले बाल्यकालबाटै फुटबलबाहेक अरु केही देखेनन्, उनको दिमागले अरु सोच्नै भ्याएन । ‘इच्छाशक्ती तीव्र थियो, खेलाडी बन्ने’– क्रिष्ट्रिना प्रतिक्रिया दिन्छिन् उनीसँगै फुटबल खेल्ने साम वारबुर्टोन अहिले वेल्सको रग्वी टिमका कप्तान छन् बेल रग्वी, हक्की एथलेटिक्समा समेत अगाडी थिए । १४ वर्षको कलिलो उमेरमै उनले १ सय मिटर दौड ११ दशमलव ४ ेकेन्डमा पार गर फुटबलमा उनको अद्भूत क्षमता देखे स्कुलका शिक्षक ग्वाइन मोरिसले नियम नै बनाएका थिए, अन्य विद्यार्थी ँग खेल्दा बेलले देब्र खुट्टा चलाउन नपाउने, मोरि ंझन्छन्– ‘बेलले देब्र खुट्टा चलाउन थालेपछि अन्य खेलाडीले बल छुनै नपाउने स्थिति थियो त्यसैले त्यस्तो नियम बनाइयो ।’
०००
साउथह्याम्पटनका प्रशिक्षक रोडिकले देख्दा बेल बललाई कुदाउन सक्ने, बलसँगै कुद्न सक्ने अन्य खेलाडीलाई छक्याउन सक्ने भइसकेका थिए । त्यसैले उनले बेलका बाबु फ्रयाङ आमा डेबिसँग कुरा गर मध्यमवर्गीय परिवारका फ्रयाङक स्कुलमा पियनको आम गथ्ये , त्यसैले साउथह्याम्पटनमा छात्रवृत्ति पाउनसके मात्रै बेलको फुटबल जीवनले व्यवसाहिकता भेट्ने ंभावना थियो लगत्तै साउथह्याम्पटन आएका बेल सफलताको सिढी चढ्दै गए । १४ वर्षको उमे कटेपछि बेलको शरिरमा नयाँ परिवर्तन आउँदै थियो, उनले दुई वर्ष राम्रो खेल्न सकेनन् त्यतिबेला क्लबका केही व्यक्ति उनले राम्रो गर्न सक्दैनन् भन्नेमा थिए । तर बेलको आत्मविश्वासमा रत्तिभर कमी आएन । १६ वर्ष पुग्दा बेल साउथह्याम्पटनको एकेडेमीबाट क्लबमा आबद्ध भइसकेका थिए । उनले सन् २००६ मा मिलवाल विरुद्धको खेलमार्फत साउथह्याम्पटनको व्यवसाहिक टिममा स्थान बनाए । सिनियर टिमका प्रशिक्षक जर्ज बुले जसले दुई वर्षअघि थियो वाल्कोटलाई टोलिमा मौका थिएका थिए , उनै बुर्लेले बेललाई पत्याए । फ्रिकीकमार्फत उत्कृष्ट गोल गर्न सक्ने खुबी भएका बेल साउथह्याम्पटनका भरपर्दा लेफ्ट ब्याक थिए । डिफेन्डर भएर पनि उत्कृष्ट गोलहरु गर्न सक्नु उनको एक्स्ट्रा खुबि थियो बेलले दुई वर्ष साउथह्याम्पटनमा बिताउने क्रममा ४५ खेल खेल्दै ५ गोल गर टोट्टेनह्यामले सन् २००७ मा १० मिलियन पाउन्डमा उनलाई क्लबमा आबद्ध गर्यो रोडिक भन्छन् – ‘त्यतिबेला उनलाई नयॉ खुट्किलो चढ्नु थियो , उनीमाथि विश्वकै सबैभन्दा मूल्यवान् फुटबलरको ट्याग लागेको थिएन ।’ साउथह्याम्पटनले गत सिजन घरेलु मैदानमा प्रिमियर लिगअन्तर्गत टोट्टेनह्यामको आतिथ्यता गर्दा बेललाई रोडिकले खेलपछि भेटेका थिए । त्यतिबेला रोडिकले भनेका थिए– ‘फेरि पनि तिम्रो जोश कार्डिफ सिभिल सर्भिसमा छदाँकै जस्तो छ, तिमीले प्रिमियर लिगमा राम्रो गरिरहेका छौ तर उसको मन स्पेनमा रहेछ’ – रोडिक अहिले ंझन्छन्
०००
बेलले डिफेन्समै बस टोट्टेनह्याम यात्रा रुआत गर उनले रुआती सिजन १२ खेल खेल्दै ३ गोल गर अको वर्ष बेलले ३० म्याच खेले, तर कुनै गोल गर्न सकेनन् साँघुरो भूमिकाकै बीच लेफ्ट ब्याक बेलले सन् २००९–१० को सिजनमा ३ गोल गरेका थिए । बेलले उत्कृष्ट प्रदर्शन गर्दा च्याम्पियन्स लिगका लागि त्यतिबेला टोट्टेनह्याम हट्र् पस लामो समयपछि छनौट भयो योङ ब्वाईजलाई प्लेअफ म्याचमा हराएर टोट्टेनह्याम च्याम्पियन्स लिगमा छनौट हुदाँ घरेलु मैदानमा ंभव भएका सबै चार गोलमा बेलकै भूमिका महत्वपूर्ण थियो च्याम्पियन्स लिगमा बेलको भूमिका फेरिएको थियो उनी यसपटक लेफ्ट विङस्मा थिए । उनले एफसी ट्वान्टे विरुद्ध नै गोल गर त्यसयता इन्टर मिलान विरुद्ध ह्याट्रिक गरेपछि बेल युरोपमा चर्चाको पात्र बने यसरी प्रतियोगितामा बेलले ४ गोल गर उनकै उत्कृष्ट प्रदर्शनको सहयोगमा इन्टर मिलान एसी मिलानलाई हराएर क्वाटरफाइनलसम्मको यात्रा तय गरेको टोट्टेनह्याम अन्नत: रियाल म्याड्रिडसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो च्याम्पियन्स लिगमा गरेको उत्कृष्ट प्रदर्शनपछि बेल वेल्सको वर्ष खेलाडी घोषित भए । अको वर्ष बेलले प्रिमियर लिगमा आफ्नो गोलसंख्या बढाएर १२ पुर्याए । लेफ्ट– ब्याक बेलको प्रयोग त्यतिबेला आवश्यकता अनुसार मिडफिल्डर अग्रपंक्तीमा समेत गरियो अन्नत: २०१२–१३ को सिजनमा टोट्टेनह्यामले बेल लेफ्ट ब्याक नभएर आफ्नो टिमको अग्रपंक्तीको प्रमुख हतियार रहने घोषणा गर्यो उनले ३ नम्बरको जर्सी छाडे पहिलो पटक ११ नम्बरको जर्सी लगाए । त्यस सिजन उनले चमत्कार नै गर , इंलिस प्रिमियर लिगमा महत्वपूर्ण २६ गोल गरेपछि बेल रियालका नयाँ प्रशिक्षक कालो एन्सिलोट्टीको ध्यान खिच्न सफल भएका हुन् उनलाई आबद्ध गर्न म्यानचेष्टर युनाइटेडले पनि अन्त्यसम्म कसरत गरेको थियो तर रियालका इटालियन प्रशिक्षक एन्सीलोट्टीको नजर यसरी लाग्यो, त्यसबाट बेललाई कसैले खोस्न सकेन । रियाल म्याड्रिड आएका बेललाई अहिले थुप्र ट्वावलोइड पत्रपत्रिका मात्रै नभएर समग्र विश्वका खेलप्रेमीले पछ्याइरहेका छन् स्टारडमको मारमा परेपछि धे खेलाडीले आफ्नो स्वभाविक लय गुमाएका उदाहरण थुप्र छन् तर बेललाई सबैभन्दा नजिकबाट चिन्ने उनकी प्रेमिका इम्मा रायज जोन्स भन्छिन्– ‘बेल कहिल्यै रक्सीका सौखिन भएनन्, उनी प्रत्येक छुट्टीमा पुराना आमा डेबि साथिभाई भेट्न कार्डिफ आउँछन् जबकी अन्य स्टार खेलाडीको छुट्टी मनाउने गन्तव्य दुबई हुन्छ । त्यसैले बेल भिन्न छन् भिन्न हुन् ।’
(एजेन्सीको सहयोगमा)
प्रतिक्रिया