तिहारमा दियो बेच्न व्यस्त

वीरगन्ज : वीरगन्ज उपमहानगरपालिका कुमाले टोलका सञ्जय कुमाले अचेल बिहान उठेदेखि सााझसम्म माटोको दियो बेच्नमा व्यस्त छन् । उनी मात्र होइन, वीरगन्ज तथा बारा र पर्साका ग्रामीण क्षेत्रबाट सहर आएका व्यवसायीले यतिखेर दीपावलीका लागि चाहिने विभिन्न आकारप्रकार र कलात्मक दियो बेच्नमा व्यस्त छन् ।
बाराको ग्रामीण क्षेत्रबाट दियो लिएर वीरगन्जस्थित घन्टाघरको सडक पेटीमा दियो बेचिरहेका बाबुलाल कुमालेलाई उनका आफ्नै भाइले दियो बेच्नमा सघाइरहेका छन् । अहिले उनी दैनिक करिब पाँचदेखि सात हजारको हराहारीमा दियो बेच्ने गरेको बउँछन् । दीपावलीका अवसरमा प्रत्येक घरमा दियो बाल्ने प्रचलन छ । त्यसैले दिपावलीमा सबैभन्दा बढी दियोको बिक्री हुने गर्छन् ।
प्राय राम्रोसँग पाकेको माटोको दियो धेरै ग्राहकले रोज्ने गरेको अनुभव उनी संग छ । अहिले स्थानीय बजारमा प्रति एक सय सानो दियोको मूल्य रु ९० देखि एक सय रहेको छ, भने ठूलो दियोको मूल्य प्रति एक सय कडा एक सय २५ देखि एक सय ५० सम्म रहेको छ ।

प्रतिक्रिया