लाईसन्स प्राप्त हतियार संकलन अभियान

चितवन, १६ कात्तिक । जिल्ला प्रहरी कायृलय चितवनले शंबिद्यान सभा चुनाव लाई लक्षित गरि थालनि गरेको लाईसन्स प्राप्त घरेलु हतियार सक्लन गर्ने अभियान प्रभावकारि बन्न सकेको छैन् ।

प्रहरी कार्यलयको तथ्याकंमा जिल्लामा १४० हतियार दर्ता भएपनि हाल सम्म ५८ जनाले मात्रै हतियार बुझाएको प्रहरी कार्यलय चितवनले जनाएको छ । जिल्ला प्रशासन कार्यलय चितवनले यस अघि २ चरणमा सुचना प्रकासन गरि हतियार अनिवार्य प्रहरी कार्यलयमा बुझाउन आग्रह गरेको थियो । स्थानिय प्रसासनको आग्रह अनुसार हतियार संकलन नभएपछि प्रहरीले लाईसन्स बाहाकको लागत संकलन गरि हतियार संकलन गरेको थियो ।
सो क्रममा कार्यलय मातहतका निकाय बाट र कार्यलय बाट गरि ५८ बटा हतियार संकलन गरेको जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारि दिएको हो । कार्यलयले सविधान सभाको निर्वाचनलाई लक्षित गर्दै हतियार राख्ने अनुमति लिएर राखिएका बन्दूक वुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनबाट १ सय ४० जनाले हतियार राख्ने अनुमति लिएका छन जसमा सर्ट गन, एयर गन, पेस्तोल लगायत रहेका छन । यसैगरी पत्रकार सम्मेलनमा असोज १९ गते अर्थात दशैको घटस्थापना यता विभिन्न घटनामा ४० जनाको मृत्यु भएको जानकारी गराइएको थियो । यस अवधिमा भएका ७५ वटा दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने १ सय २६ जना घाइते भएका थिए ।
अन्य विभिन्न प्रकृतिका आत्महत्या र कर्तव्य ज्यानमा मृत्यु भएको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक संजय राउतले जानकारी दिए । यसै अवधिमा विभिन्न १२ वटा घटनामा २४ जनालाई पक्राउ गरि सार्वजनिक मुद्धा चलाइएको, १० जना हतियार सहित पक्राउ परेकालाई हातहतियार तथा खरखजना अनुसार कारवाही गरिएको र वैदेशिक रोजगारमा पठाइ दिन्छु भनि ठगि गरेको अभियोगमा १० जनालाइ पक्राउ गरि कानुनी कारवाही गरिएको पनि प्रहरी नायव उपरिक्षक राउतले बताए ।

प्रतिक्रिया