प्रजातन्त्रको मसिहा ठान्ने बुर्जुवा क्लब

Manoj-Ghimire२०६२/६३ को आन्दोलन भएको सात बर्ष भएछ । सात बर्ष अघिको स्मृती अझै धेरैको मस्तिीस्कमा ताजै छन् । यो सात बर्षको अबधीमा राजनितीमा धेरै आरोहअबरोह देखियो । एक पटकको संबिधानसभा असफल भए पछि दोस्रो पटक संबिधानसभाको निर्वाचनको तयारीमा देश रहेको छ । एकाएक सात बर्ष अघिका कुराहरु सम्झदा केही नेपाली राजनीति र खेलकुदका प्रसंग जोडेर प्रस्तुत हुन सान्दर्भीक हुन्छ ।

राष्ट्रिय खेलकुद परिषद् त्यसताका राज परिवार निकट किशोरबहादुर सिंहको नेतृत्वमा रहेको थियो । किशोरबहादुर सिंह तुलनात्मक रुपमा आर्थीक अनुशासन भएका र खेलकुद पृष्ठभुमि भएका सदस्य सचिवको रुपमा परिचीत थिए । खेलकुद प्रतिको उनको प्रतिबद्धता पनि त्यस्तै थियो । तथापी उनको सामाजीक हैसियत र दृष्टिकोण आम नेपालीका लागि स्वीकार्य थिएन । राजपरिवारसंग निकट सिंहका नजरमा सामान्य नेपाली नागरीक स्टार नै भए पनि कहिल्यै सम्मान गर्न लायक भएनन् । उनको नजरमा आर्थीक हैसियत बढी हुने र हुने खाने भनीएका केही राम्रा र सुकिला मुकिला व्यक्ति प्रभावकारी लाग्थे । ब्याडमिन्टनका राष्ट्रिय च्याम्पियन भइसकेका सिंहको नेपाली समाजलाई बुझ्ने शैली सही नभएकै कारण उनले यो पनि बुझेका थिएनन् की उनको समयमा भोजपुर जस्तै अन्य ठाउका आम नेपालीले ब्याडमिन्टन खेल्ने नगरेका कारण उनी जस्ता राजसीहरु च्याम्पियन बनेका हुन् ।
त्यसै समयमा नेपाली खेलकुदमा एउटा धनदार ब्यक्तिको जर्बजस्ती प्रबेश गराउने प्रयासमा सिंह थिए । कारण एउटै थियो ती धनदार ब्यक्तिको पारिवारिक र सामाजीक पृष्ठभुमि र सिंहको पृष्ठभूमि एउटै थियो । रंगशाला परिसरमै दोस्रो जनआन्दोलनमा सरिक हुनेलाई झुन्ड्याउनु पर्ने प्रतिक्रिया ब्यक्त हुन्थे । यस खाले प्रतिक्रिया ब्यक्त गर्नेमा थुप्रै राज शाही खानदानी र ठकुरीहरु हुन्थे । यी नै भिडको एउटा नाम राजिव विक्रम शाह जाजरकोट क्षेत्र नम्बर दुइबाट काग्रेस पार्टीको उम्मेदवार भएका छन्, यस पटकको संबिधान सभा निर्वाचनमा ।
यस पटकको संधानसभाको सन्दर्भमा सुप्रभा घिमिरले पार्टी परित्याग गर्दा आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने ठ्टनाहरुले चोकमा बसेर सुप्रभालाई गाली गर्दै दिन विताउछन् । धनुषाका समिर घिमिरेले रुदै काग्रेस पार्टी छाडे । काठमाडौमा प्रतिमा गौतम उम्मेदवार हुदा अनुपयुक्त उम्मेदवार भनेर विद्रोहको चेतावनी दिने काग्रेस पार्टीमा काभ्रेमा तीर्थ लामा उम्मेदवार हुदा पनि विद्रोहको कुरा भएन ।
ललीतपुरमा तीन पटक पराजित सागर शम्सेरका उत्तराधीकारीका रुपमा उदय शम्सेर राणा उम्मेदवार भएछन् । नेपाल तरुण दलका बर्तमान अध्यक्ष उदय शम्सेर राणा एकै पटक ललितपुर तरुण दलको अध्यक्ष बन्दा विद्रोहको आवाज निकाल्ने र आफ्नो राजनीति क्यारियरमा दाउमा लगाएका निगेन्द्र राज शर्मा अहिले मौन छन् । बलबहादुर राइ मन्त्री हुँदा किर्ते हस्ताक्षर गरेर हिरासतमा दिन विताएका रामहरी खतीवडा काग्रेसले कुनै समय पबीत्र भुमिको रुपमा ब्याख्या गर्ने ओखलढुंगामा उम्मेदवार छन् । यस निर्वाचन पछि ओखलढुंगामा काग्रेस भन्ने पार्टीको परिचय टिम्बुरबोटे काण्डको गौरवले होइन, कीर्ते हस्ताक्षर स्क्यान्डल र यसले जन्माएको बदनामीले चिनिने छ ।
यस पटक मकवानपुरमा जयराम लामीछाने, नुवाकोटमा बहादुर सिंह तामाङ, दोलखामा जिपछिरिङ शेर्पा र ललीतपुरमा उदय शम्सेर राणा काग्रेस पार्टीबाट संिबधान सभा सदस्यमा उम्मेदवार भएका छन् । के यीनीहरुको उम्मेद्वारीले नेपाली समाजको बुझाइ र हेर्ने दृष्टिकोण अब काग्रेस समाजवादी पार्टीको रुपमा छकी छैन भन्ने बहसको विषय बनेन ?
बि.स २००० को सुरुवातमा प्रजातान्त्रीक आन्दोलनको सवाल उठाउदै नेपाली काग्रेस भन्ने राजनीतिक दलको स्थापना भएको थियो । विपी कोइरालाबाट प्रतिपादीत एउटा सिद्धान्तको रुपमा विचार पनि पायो । प्रजातन्त्र र साम्यबाद दुवै मिसाउदा प्रजातान्त्रीक समाजबाद हुन्छ भन्ने विपी कोइरालाको त्यो दृष्टिकोण ५० को दशकमा मृत भयो ।
२०४८ को प्रतिनिधी सभा निर्वाचनमा काग्रेसले बहुमत प्राप्त गरे पछि विदेशबाट शिक्षापूर्जा बोकेर नेपाल आएका नब उदारबादीको पहिलो कदम देशका सम्पत्ती बेच्ने भयो । २०४८ देखि नै यो पार्टी सत्तामा त रह्यो तर त्यसै समय विचारमा समाप्त भयो । साम्यबादमा प्रजातन्त्र मिसाउने सोचको खिल्ली उडाइएपछि यसै पार्टीको शासनकालमा नेपाली समाजमा सरल, इमान्दार, श्रममा बिस्वास गर्नेलाई अयोग्यताको दर्जा दिन थालियो । केन्द्रिय सत्ता मात्र होइन, सामाजीक र ब्यबसायीक क्षेत्रमा समेत चिनिएका बुर्जुवाको राज सुरु भयो । परिस्थिती फेरिएको छ, यत्तीखेर नेपाली काग्रेस भन्ने शब्दको दुइ अर्थ हुन्छ । एउटा नेपाली कांगेस भन्ने एकादेशको त्यो राजनीतिक दल जसले प्रजातान्त्रको लागि आन्दोलन गर्‍यो र समाजबादको मुद्धा यसको बिचार मानीन्थ्यो । त्यो राजनीतिक दलको अबसान २०४८ सालमै गिरिजाप्रसाद कोइरालको नेतृत्वमा भएको थियो । नेपाली समाजका हरेक ढंगका सामान्तको झोलीमा गिरिजाप्रसादले त्यो पार्टीको अस्तु चढाएका थिए । यत्तीखेर नेपाली काग्रेस भन्ने एउटा संस्था छ । जुन निर्बाचन आयोगमा दलको रुपमा दर्ता छ । कानुनी औपचारिकतामा दल मानिए पनि यथार्थमा बुजुर्वा र समाजमा रहेका हरेक खाले सामन्तहरुको क्रिडास्थल बनेको यो क्लबले आफू राजनितीक दल भएको दावी गर्ने गरेको छ ।
आफूलाई प्रजातन्त्रको मसिहा ठन्ने यो संस्थाका प्राय तल्लो तहको अधीबेसनमा प्रतिनिधीको गर्धनमा खकुरी तेस्र्याउदै हस्ताक्षर गराइएका घटना छन् । प्रजातन्त्रको मसिहा ठान्ने यसै सस्था निकट ब्यक्तिहरु जहातही निर्वाचनमा सरिक हुन्छन् र पराजीत भए पछि हार्दिकता पूर्बक हार स्वीकार्दैनन् । त्यसपछि अनेक बाहना बनाउछन् । पछिल्लो समय नेपालका धेरै ब्यबसायीक संगठनको निर्वाचनमा बामपन्थीहरुको विजय पश्चात यो क्लबद्वारा सञ्चालीतहरुले अनेक बाहना बनाउन सुरु गरेका छन् । यस कारण यो क्लबसंग न अहिले साम्यबाद र तल्लो बर्गको प्रतीनिधीत्व छ, न प्रजातान्त्रीक सस्कार छ । यस कारण पछिल्लो समय यो क्लब प्रजातन्त्रको वकालत गर्ने सबैभन्दा अप्रजातन्त्रीक ब्यक्तिहरुको हिस्सा बनेको छ ।
प्रसंग संबिधान सभाको निर्वाचन तर्फनै । लामीछाने, बहादुर तामाङ, जिप छिरिङ र उदय शम्सेरको उम्मेदवारी संयोग मात्र हो कि बर्गीय प्रतिनिधित्व ? निर्वाचनका संघारमा उठेको एउटा प्रश्न हो । अझ उदयशम्सेर जस्ताको उम्मेदवारीले थप प्रश्न उठेको छ । उदय शम्सेर २०५२ मा ललीतपुर तरुणदलको अध्यक्ष हुदै राजनितीमा प्रबेश गरेका थिए । ‘ त्यसै समयमा ललीतपुरमा राजिनिती गरेका थुप्रै युवा रहे पनि उदय समसेरको उम्मेदवारी किन ? ’भन्ने प्रश्न उठाउने निगेन्द्रराज शर्मा जस्ता केही युवाको राजनितीक जिवन समाप्त गर्न लागीएको थियो । तीनै उदय समसेर आबद्ध गुटले ललीतपुरको पार्टीको निर्वाचनमा हार ब्यहोर्ने अबस्था आए कहिले गुन्डागर्दी त कहिले राजनितीक जिवन समाप्त गर्ने धम्कीका साथ निर्वाचनको वातावरण हुदैन थियो । प्रजातन्त्रको लागि लामो समय जेल विताएका ओमकार श्रेष्ठकै पनि यो अप्रजातान्त्रीक गतीबीधीमा संलग्नता रहन्थ्यो ।
प्रजातन्त्रको एक्लो हकदार दावी गर्ने यसै सस्थाका बर्तमान अध्यक्ष सुसील कोइरालाले धेरै जिल्लाका नेतृत्व आफ्नो अनकुल बनाउन अनेकौ नकक्ली सदस्यता वितरण गर्ने र जिल्ला कमिटी विघटन गरको घटना धेरैलाई अझै ताजै लाग्न सक्छ । काठमाडौको पार्टी राजनितीमा प्रभाव जमाउन नसके पछि यहाको पार्टी र यसको भातृ संस्था नेपाल विद्यार्थी संघको जिल्ला कमिटी हठात विघटन गरिएको थियो । अहिले उम्मेदवार बनेका गगन थापा कोइराला परिवारको शरणमा पर्दै अधीबेसनले निर्वाचीत गरेका राजन केसीको नेतृत्वको जिल्ला संघलाई विघटन गराउदै आफू जिल्ला अध्यक्ष बनेका थिए । त्यहीबाट उनको राजनिती उभो लाग्ने क्रमको सुरुवात भएको धेरैलाई अझै याद हुन सक्छ । सबैको आफ्ना विचार हुन्छन्, आफ्ना सोच हुन्छन् र दृष्टिकोण पनि । पछिल्लो समय यो क्लब निकट केही आफूलाई बिद्वान ठान्ने मित्रहरुले त्यो क्लबमा आबद्ध हुनु नै प्रजातन्त्रबादी हुनु भन्ने अनौठो ब्याख्या गर्ने गरेका छन् । कमसेकम आफूलाई प्रजातान्त्रीक ठान्ने र अन्यलाई अप्रजातान्त्रीक ठान्नेले यो क्लबका यस्ता सैयौ तथ्यलाई ध्यान दिनेकि ?

प्रतिक्रिया