आदिवासी महासंघको राष्ट्रिय भेला सम्पन्न

janajati maha shangनवलपरासीं, १४ कार्तिक । नेपाल आदिवासी जनजाति महासंघले पहिचान सहितको संघियता पक्षधरलाई आगामी संविधानसभाको निर्वाचनमा सहयोग गर्ने घोषणा गरेको छ । नेपाल आदिवासी जनजाति महासंघको दुइ दिने राष्ट्रिय भेलाले यस्तो घोषणा गरेको हो । मंगलवारबाट शुरु भएको दुई दिने राष्ट्रिय भेला बुधवार सकियो । भेलाले आगामी निर्वाचनमा पहिचानसहितको संघीयता पक्षधरलाई सघाउने प्रस्ताव पारित गर्दै प्रत्यक्ष र समानुपातिकको बन्द सुचिमा छुटेका १८ जातिलाई सहभागि गराउन समेत माग गरेको छ । तर महासंघले आगामी निर्वाचन पछि पनि संविधान बन्ने विषयमा आशंका ब्यक्त गरेको छ ।

महासंघका एक जना पदाधिकारीले आगामी संविधान सभाले पनि आम आदिवासी जनजातिहरु, दलित, मधेशी र महिलाको पक्षमा संविधान बनाउन नसक्ने दावी गरे ।

प्रतिक्रिया