कृषि क्षेत्रको विकासबाट मात्र आर्थिक वृद्धि : अर्थमन्त्री

काठमाडौं, १३ कात्तिक । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कृषि क्षेत्रको विकासबाट आर्थिक बृद्धिदरलाई माथि उठउन सकिने बताएका छन् । कृषिलाई आधुनिकीकरण, ब्यापारिकरण र बजारीकरण गर्न जरुरी रहेको उनको भनाइ थियो । आधुनिक मासु बजार बल्खु मिट मार्टको मंगलबार उद्घाटन गर्दै उनले उत्पादन बृद्धि भै चालु आर्थिक बर्षको कुल गार्हस्था उत्पादन समेत ५.५ प्रतिशत पुग्ने स्थिति देखिएको बताए ।

संभावना हुादा हुादै कृषिजन्य बस्तुको आयात बढेको उल्लेख गर्दै उनले चालु आर्थिक बर्षको बजेटमा बढाइएको कृषि बजेटका कारण उत्पादन बढ्ने संभावना देखिएको धारण राखे । ‘कृषि क्षेत्रको बजेटमा ब्यवस्था भए अनुसारको कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन हुने छ ।’ मन्त्री कोइरालाले भने– ‘कृषि कर्जाको अभाव वा ब्याज बढी भएको गुनासोलाई सम्बोधन गरिने र सरकारी स्वामित्वका बैंक तथा बित्तीय संस्थाहरुबाट यसलाई कार्यान्वयनमा ल्याइएको छ । ३ प्रतिशत ब्याज अनुदान कार्यान्वयनमा नआएको किसानहरुको गुनासो आइरहेको सन्दर्भमा उहााले यसलाई तत्काल कार्यान्वयन गरिहाल्ने र ब्याज छुट नपाएमा आफूलाई जानकारी दिन किसान तथा कृषि ब्यवसायीहरुलाई आग्रह गरे । कार्यक्रममा अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. चिरिञ्जीवी नेपालले सरकारले हात हालेका कुनै परियोजना सफल नभएकोले निजी क्षेत्रलाई अघि बढाउन नीतिगत स्पष्टता समेत पारिसकिएको जानकारी दिए । गरिबीको रेखामुनि रहेका जनतामध्ये ७८ प्रतिशत कृषि क्षेत्रमा नै रहेकोले गरिबी निवारणका लागि पनि यसपटक दोब्बर पारिएको बजेटको देखिन थालेको दाबी गरे ।
सो अवसरमा कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले कृषि उत्पादनमा बृद्धिका साथै तरकारीहरुमा प्रयोग हुने गरेको बिषादीको अत्यधिक प्रयोगलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औल्याए । उनले कृषिमा ब्याज छुटको लागि निश्चित सीमाको बजेट राखेर तत्काल कार्यान्वयन गरिने उल्लेख गरे । त्यसैगरी पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालयका कार्यक्रम निर्देशक डा केशवप्रसाद प्रेमीले स्वस्थ र गुणस्तरीय माछामासु खान पाउने उपभोक्ताको अधिकार भएको तर कुल खपतको ७० प्रतिशत मासुजन्य बस्तुको खपत हुने काठमाडौंका अधिकांश पसलहरुमा न्यूनतम मापदण्ड समेत पूरा नगरी बिक्री बितरण भैरहेको बताए । त्यसैले बल्खु मिटमार्ट जस्ता हाइजिनिक र गुणस्तरीय मासुपसलहरु निर्माणको लागि निर्देशनालयबाट सहयोग हुने जानकारी गराए । सो अवसरमा बल्खु मिटमार्टका कार्यकारी निर्देशक रामकृष्ण कुावरले यस मिट मार्टको स्थापनाबाट प्रत्यक्षरुपमा किसानहरुलाई लाभ पुगेको र स्वच्छ र हाइजिनिक मासु खान पाउनु उपभोक्ताको अधिकारको पनि सम्मान भएको बताए । किसानहरुका उत्पादनलाई बजारको पहुाच दिन यस्ता बजारहरुको ठूलो भूमिका रहेको उल्लेख गर्दै उनले उत्पादनशील क्षेत्रको अभिन्न अंग मानेर यस्ता बजारहरुलाई सहयोग गर्नुपर्ने आवश्यकता पनि औल्याए । पचास पचास प्रतिशत लागत सहभागितामा सरकारले सहयोग गर्ने हो भने देशका अन्य आवश्यक शहरहरुमा पनि यस्ता ब्यवस्थित बजार सञ्चालन गर्न आफूहरु तयार रहेको पनि सो अवसरमा उनले बताए । बल्खु मिट मार्ट सञ्चालनमा आएपछि बल्खु कृषि तथा तरकारी बजार अन्तर्गत उपभोक्ता तथा किसानका लागि आवश्यक पर्ने प्राय सबै बस्तु उपलब्ध हुने स्थिति बनेको छ । ४ करोडको लगानीमा उक्त मार्ट संचालनमा आएको पनि उनले बताए । कार्यकारी निर्देशक कुावरका अनुसार यस बल्खु कृषि तथा तरकारी बजार अन्तर्गत उच्च पहाडी भेगमा पाइने अर्गानिक तरकारी तथा अन्य कृषि उपज, डेरी, खाद्यान्न, फलफूल तथा माछामासु बजारका साथै बीउबिजन, मलखाद र सहकारी संस्थामार्फत बित्तीय सेवासमेत एउटै छानामुनिबाट उपलब्ध हुने ब्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया