‘सद्भावना चौथो शक्ति बन्छ’

चितवन, १३ कात्तिक । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी संविधान सभाको निर्वाचनपछि आफ्नो पार्टी चौथो शक्तिको रूपमा आउने बताएका छन् । उनले तराईको संस्थापन पार्टी र सद्भावना प्रति व्यापक सहानुभूति भएका कारण आफ्नो पार्टी प्रमुख तीन दलपछि चौथो शक्तिको रूपमा आउने दावी गरे । पाटी कार्यकर्ता भेटघाटमा बोल्दै महतोले तराईका २० जिल्लाबाट आफ्नो पार्टीले निर्वाचनमा सहभागीता जनाएको जानकारी दिदै पहाडमा पनि पार्टी प्रति जनताको आकर्षण वढेको वताए । तराईमा प्रमुख तीन पार्टीले जनताको अधिकार पूरा गर्न नसक्ने भएकाले तराईको जनताको न्यायमुर्तिका रूपमा आफ्नो पार्टी मात्र सक्षम रहेको उनको तर्क थियो ।

मधेशी पार्टीहरूबीच तालमेलको कुरा नभएको भन्दै उनले अन्तिम समयमा भए पनि एक अर्कालाई सहयोग गर्न सकिने उनको भनाई थियो । अध्यक्ष महतोले नेकपा माओवादी प्रति लक्षित गर्दै भने– जनतालाई निषेश गर्ने पार्टीलाई जनतालेनै निषेश गर्नेछन् । तर उनले आगामी निर्वाचन सफल वनाउन वैद्य नेतृत्वको मोर्चाले सहयोग गर्ने विश्वास व्यक्त गरे । महतोले तराईमा थरुहट र मधेश मिल्न सके एक प्रदेश हुने तर नमिलेको खण्डमा तराईमा दुई प्रदेशनै हुनु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया