निर्वाचन विथोल्नेलाई कारबाही : गुरुङ

Dolakha-Bahadur-Gurungअर्घाखाँची, १२ कात्तिक । निर्वाचन आयोगका आयुक्त दोलखबहादुर गुरुङले निर्वाचन हुनेमा कुनै आशंका नगर्न मतदाताहरुलाई आग्रह गरेका छन् ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज (मंगलबार) आयोजित कार्यक्रममा गुरुङले निर्वाचनका सबै तयारी पुरा भएको बताए । उनले आयोगका कामहरुको बीट मार्न मात्रै बाँकी रहेको उल्लेख गरे ।

‘अहिलेको निर्वाचनमा नेपाली सेना परिचालन भएकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ,’ उनले भने ।

उनले मत हाल्न नदिने र निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताए । ‘निर्वाचन बिथोल्ने, गाडी जलाउने, तोडफोड गर्ने अराजक तत्वलाई अपराध एैन अनुसार कडा कारबाही हुन्छ,’ उनले भने ।

प्रतिक्रिया