काठमाडौं, १२ कात्तिक । अखिल नेपाल फुटबल संघको आयोजनामा भइहेको एनसेल १५औँ राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत नवलपरासीमा भएको खेलमा एपिएफले पाँचथर महिला टिमलाई १६–० ले पराजित गरेको छ । एपिएफकी सजना रानाले सर्वाधिक ६ गोल गरिन् । उनले ८, ११, २६, २९, ६४ र ७१ मिनेटमा गोल गरेकी हुन् । लक्ष्मी पौडेलले चार गोल गरिन् । उनले ६१आँै, ६३आँै, ६७ र ६९आँै मिनेटमा गोल गरिन् । अनुलामाले ३६ र ५४ मिनेटमा गरी दुई गोल गरिन् । प्रमिला राईले ३८ र ५९ मिनेटमा गोल गरिन् । रजना दर्जीले एक गोल गरिन् । पाँचथरका अमृता लिम्बुल ४९ मिनेटमा आत्माघाती गोल गरेका थिए ।
मंगलबार नवलपरासीमा मोरङ महिला फुटबल टिम र एपिएफबीच क्वार्टरफाइनल खेल हुनेछ ।
मकवानपुरको गौरीटार रंगशालामा सोमबार नै भएको खेलमा नेपाल आर्मी महिला फुटबल टिमले धनकुटा महिला फुटबल टिमलाई ११–० ले पराजित गर्यो । नेपाल आर्मीका कृष्णा खत्रीले चार गोल दीपा अधकारीले दुई गोल, दिपाा न्यौपानेले दुई गोल, दीपा राईले एक गोल, सपना लामाले एक गोल र इन्दिरा राईले एक गोल गरे । त्यसै गरी सोमबार नै सम्पन्न अर्को खेलमा नेपाल पुलिस महिला फुटबल टिमले रौतहट महिला फुटबल टिमलाई ५–१ ले पराजित गर्यो । नेपाल पुलिस महिला टिमको तर्फबाट यशोदा लामाले एक गोल, निरू थापाले दुई गोल र चन्द्रा भण्डारीले दुई गोल गरिन् । रौतहटको तर्फबाट मन्जु दोङले गोल गरिन् ।
प्रतिक्रिया