शिव सेना नेपाल विभाजित

काठमाडौं, १२ कात्तिक । आगामी निर्वाचनमा सहभागिता जनाउने विषयमा विवाद भएपछि शिव सेना नेपाल पार्टी औपचारिक रूपमा विभाजन भएको छ । पार्टीको अध्यक्ष अनील बस्नेतको नेतृत्वले आगामी ४ मंसिरको संविधानसभामा सहभागी हुने र तत्कालीन महामन्त्री माधवप्रसाद भण्डारी नेतृत्वको असन्तुष्ट समुहबीच केही समयदेखि मतभेद हुँदै आएको थियो ।

तत्कालीन केन्द्रीय महामन्त्री माधवप्रसाद भण्डारी नेतृत्वको असन्तुष्ट समुहले नेपाल शिव सेना पार्टी गठन गरको छन् । उक्त समूहले शिव सेनामा रहेका एक सय एक जना सदस्यमध्ये आफ्नो पक्षमा ७५ प्रतिशत सदस्य रहेको दाबी गरेको छ ।
शिव सेना नेपालका असन्तुष्ट पदाधिकारीहरूको हेटौडाको सिद्धार्थ होटलमा आइतबार राति सम्पन्न बैठकले बस्नेत नेतृत्वको शिवसेना नेपालको भूमिका हिन्दू धर्मको विरुद्धमा रहेको आरोप लगाएको छ । त्यसपछि भण्डारीको संयोजकत्वमा गठित नेपाल शिव सेना पार्टीले ३२ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ ।
‘हिन्दूवादी संगठनको नाममा स्थापित दल र संस्थाहरूले देशको मातृधर्मको विनाशमा लागिरहदा उनीहरूलाई रोक्न कुनै प्रयास नगरेकाले हिन्दूवादी धार्मिक पार्टी गठन गरिएको हो,’ नेपाल शिव सेना पार्टीका संयोजक
भण्डारीले भने ।
आसन्न संविधानसभाको निर्वाचनले हिन्दू राज्य घोषणा नगर्ने भएकोले चुनाव बहिस्कार गरिने जनाउँदै केही उम्मेदवारहरूले उम्मेदवारी फिर्ता गर्ने दाबी नवगठिन पार्टीले दाबी गरेको छ ।
शिव सेना नेपालले ४ मंसिरको संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ६ जना महिलासहित ८१ जना उम्मेदवार उठाएको थियो । शिव सेना नेपालका ७५ प्रतिशतउम्मेदवारले उम्मेदवारी फिर्ता गर्न लागेको दाबी नेपाल शिवसेनापार्टीले गरेको छ । समानुपातिक तर्फकी उम्मेदवार वविता देवी रामले हिन्दू धर्म घोषणा नगर्ने कथित संविधानसभाको चुनावमा भाग नलिने बताउँदै उम्मेदवारी फिर्ता गर्ने बताइन् ।

प्रतिक्रिया