उम्मेदवारको घरमा कालो झण्डा

टीकापुर : माओवादी कार्यकर्ताहरुले आसन्न निर्वााचनका उम्मेदवारको घरमा कालो झण्डा गाडेको जनाइएको छ । भने खैलाडमा शिक्षक रामदेव झालाई निर्वाचनमा समर्थन गरेको भन्दै कुटपिट गरेका छन् । उता, शनिवारै कञ्चनपुरमा एकीकृत माओवादी क्षेत्र नंम्वर ४ का उम्मेदवार मोहन गिरीको गाडीमा आगजनी र तोडफोड भएको छ । महेन्द्रनगरबाट ब्रह्मदेवतिर प्रचारका लागि जाने क्रममा गाडीमा आगजनी भएको हो । उम्मेदवार गिरीको चुनावी प्रचारप्रसारमा प्रयोग भएको म १ ज ७३ नंम्वरको जीपमा अज्ञात समुहले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगजनीमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको छ । ग्यारिजमा मोविल हाल्ने क्रममा मोटरसाईकलमा आएका २ जना युवाले आगो लगाएको चालकले बताएका छन् । कञ्चनपुर प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद चौधरीले घटनाको अनुसन्धान भइरहेको बताए । एमाओवादी कञ्चनपुर र उम्मेदवार गिरीले नेकपा–माओवादीका कार्यकर्ताले गाडीमा आगो लगाएको आरोप लगाएका छन् ।

प्रतिक्रिया