गाउ पछि नगरमा

भैरहवा, ११ कार्तिक । नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ चुनावी प्रचार प्रसारको क्रममा आइतबारदेखी नगर प्रवेश गरेको छ । उम्मेदवार भरत कुमार पोखरेल सहित नगरको वडा नम्बर १ को बेलहियाबाट घरदैलो अभियान शुरु गरेको एमालेले ग्रामिण क्षेत्रमा एमालेलाई जनताले माया गरे जस्तै नगरकाले पनि माया गर्ने विश्वास लिएको नेताहरुले व्यक्त गरेका छन् ।

नगरको वडा नम्बर १ को नौडिहवा, बेलहिया बजार, बेलहिया गाऊ, डण्डा बजार, लगायतको क्षेत्रमा सयौं नेता कार्यकर्ता सहित गएको घरदैलो अभियानमा एमाले नेताहरु आदित्यनारायण कसौधन, पुस्पाञ्जली उपाध्यय, हरि अधिकारी, उमा काफ्ले, सुर्वण कुवर, धर्मराज गिरी, दीपक थापा, राम बहादुर बस्नेत, कृष्ण प्रसाद खनाल लगायत सयौंको सहभागिता रहेको थियो ।

प्रतिक्रिया