लोकतन्त्रकालागि कांग्रेसको बहुमत: कोइराला

Sushil-Koirala-in-Chitwanचितवन, १० कात्तिक । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लोकतान्त्रिक संविधान लोकतन्त्रवादी शक्तिले मात्रै बनाउंन सक्ने दोहराएका छन् ।
चितवनको क्षेत्र नम्बर चार अन्तर्गत फूलबारी गाविसमा आज (आइतबार) कार्यकतालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसले मात्रै लोकतान्त्रिक संविधान बनाउने बताए । ‘लोकतन्त्रको रक्षा कांग्रेसले मात्रै गर्छ,’ उनले भने, ‘नयां संविधान पनि कांग्रेसले बनाउंछ ।’

अघिल्लो संविधानसभा निर्वाचनमा कांग्रेसको बहुमत आउन नसक्दा लोकतान्त्रिक संविधान बन्न नसकेको कोइरालाको भनाई छ ।

‘कांग्रेसको बहुमत आएमा संविधान दिन्छौं,’ उनले भने, ‘एमाले र एमाओवादीले दुई पटक अवसर पाउंदा पनि कुनै काम गर्न सकेनन् ।’

चितवन क्षेत्र नम्बर चारबाट उम्मेदवारी दिएका कोइराला मतदातासंग मत माग्न घरदैलो गर्दै आएका छन् । उनी अझै केही दिन चितवनमा रहने छन् ।

प्रतिक्रिया