काठमाडौंका सागरलाई स्वर्ण

काठमाडौं : चौथो कोटेश्वर आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार जुनियर पुरुषको ४२ केजीमुनि काठमाडौंका सागर मिर्छिङ मगरले स्वर्ण जितेका छन् । कोटेश्वर तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सागरले पूर्वाञ्चलका प्रनिश गुरुङलाई वुसिरिगिरो (निर्णायकले गर्ने निर्णय) का आधारमा पराजित गरे । त्यसअघि दुवैले ६–६ अंकको बराबरी खेलेका थिए । आयोजक ‘ए’ का अमित राई र ललितपुरका सुमित लामाले तेश्रो स्थानमा चित्त बुझाए । taekwondo-photoनरेफााटमा भएको प्रतियोगिताको सिनियर महिलातर्फ ४६ केजीमुनि आयोजक ‘ए’ की काजोल श्रेष्ठ र नेपाल प्रहरी क्लबकी रेजिना कार्की फाइनलमा पुगे । काजोलले पश्चिमाञ्चलकी राखी शर्मा तथा रेजिनाले सुस्मिता थापालाई हराए । जुनियर महिलाको ४२ केजीमुनि पूर्वाञ्चलकी विनिका जोशीले मध्यमाञ्चलकी दिपिका मगर तथा ललितपुरकी पूजा अधिकारीले आयोजक ‘ए’ की प्रतिमा राना मगरलाई हराउदै फाइनलमा स्थान पक्का गरे । जुनियर पुरुषको ५० केजीमुनि पूर्वाञ्चलका सतिश काफ्ले र आयोजक ‘ए’ का कृष्ण लामाले उपाधि भिडन्त पक्का गरे । सतिशले काठमाडौंका अमित चौधरी र कृष्णले आफ्नै ‘बी’ टिमका सुरेश लामाको चुनौती सेमिफाइनलमा समाप्त पारे । प्रतियोयिगताको युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।
सो अवसरमा मन्त्री श्रेष्ठले कुनैपनि जिल्ला कभर्डहल विहीन नहोस् भन्नेतर्फ मन्त्रालय अगाडि बढिरहेको बताउदै खेलकुदमा प्राप्त गरेको प्रगतिले साना मुलुकले पनि विश्वमा आफूलाई चिनाउन सफल भएको धारणा व्यक्त गरे । उनले संविधानसभाको दोश्रो निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार लागि परेको बताए । प्रतियोगितामा सिनियर र जुनियरमा गरी १२ टिमका जम्मा १ सय ५३ खेलाडी सहभागी छन् । शनिबारसम्म चल्ने प्रतियोगितामा सिनियरमा ९ र जुनियर ६ सहित १५ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक डोजाङका प्रमुख नवीनकुमार श्रेष्ठले जनाएका छन् । (सौस)
ओलम्पियन विधानसहित १२ सम्मानित
उद्घाटनका अवसरमा दक्षिण कोरियाको सिओलमा भएको २४ औं ओलम्पिक खेलकुदअन्तर्गत तेक्वान्दोको प्रदर्शनी खेलमा नेपाललाई कांस्य दिलाएका विधान लामासहित १२ जना सम्मानित भएका छन् । सम्मानित हुने अन्यमा विश्व पारा तेक्वान्दोका कांस्य विजेता यादव कुावर, ओलम्पियन नारायण गुरुङ र वरिष्ठ तेक्वान्दो प्रशिक्षक नमरजंग गुरुङ रहेका छन् । त्यस्तै क्योकुसिन खेलाडीद्वय उमेश गुरुङ र प्रकाश राउत, टेबलटेनिस खेलाडी इन्दिरा गुरुङ, फुटबल खेलाडी राजकुमार घिसिङ तथा तेक्वान्दो खेलाडी रञ्जन श्रेष्ठ, ताराकुमार रायमाझी, सक्षम कार्की र बसन्त राउत पनि सम्मानित भए । यी आठै खेलाडी काठमाडौं महानगरपालिका ३५ वडाका हुन् । उनीहरुलाई मन्त्री श्रेष्ठले प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।

प्रतिक्रिया