महिला फुटवलमा मोरङ र कैलाली विजयी

एनसेल १५औं राष्ट्रिय महिला फूटवल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको खेलमा मोरङ्गको महिला टिमले ईलामको महिला टिमलाई शुन्यको बिरुद्ध १ गोल अन्तरले पराजित गरेको छ । मोरङ्गको तर्फबाट सम्रचना प्रधानले खेलको ६५ मीनेटमा गोल गरिन् । त्यसै गरी शुक्रवार नै भएको दोश्रो खेलमा कैलालीले नवलपरासीलाई शुन्यको बिरुद्ध २ गोलले पराजित गरेको थियो । कैलालीको तर्फबाट लक्ष्मी चौधरीले २८मीनेटमा र मिना चौधरीले ६४ मीनेटमा गोल गरिन् । अखिल नेपाल फुटबल संघको आयोजनामा नवलपरासीको सुनवल, किर्तिपुर खेल मैदानमा जारी प्रतियोगिता अन्र्तगत शनिवार रुपन्देही र पांचथर बिच ३:०० बजे खेल हुने कार्यक्रम रहेको छ ।
यता मकवानपुरको गौरीटार रंगशालामा भएको पहिलो खेलमा रौतहटले कन्चनपुरलाई ५–२ गोलले पराजित गर्‍यो । रौतहटको तर्फबाट जर्सी नं. ७ की मनिका कुसुवारले ६ मीनेटमा, जर्सी नं. १० की रबिना गोलेले ११ मीनेटमा, जर्सी नं. ११ की मन्जु दोङ्गले २५ मीनेटमा एक एक गोल तथा जर्सी नं. ६ की अनिता के.सी.ले ७२ र ८२ मीनेटमा गरी दुई गोल गरिन् । कन्चनपुरकी जर्सी नं. १० की पुनम पवनले ४९ मीनेटमा र जर्सी नं. ७ की सीमा चौधरीले ५५ मीनेटमा गोल गरेकी थिईन । शुक्रवार नै भएको दोश्रो खेलमा धनुषाले सुनसरीलाई ३–१ गोलले पराजित गर्‍यो । शनिवार मकवानपुरमा पनि एउटा मात्रै खेल हुने कार्यक्रम रहेको छ । शनिवारको खेलमा धनकुटा र चितवन बिच प्रतिस्पर्धा हुनेछ । (सौस)

प्रतिक्रिया