बालकृष्ण ढुंगेलविरुद्ध झाँक्रीको रिट

balkrishnaकाठमाडौँ, ९ कात्र्तिक । संविधानसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा परेका एमाओवादीका नेता बालकृष्ण ढुंगेलविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । सर्वोच्च अदालतले हत्याको अभियोग प्रमाणित गर्दै सर्वस्वसहित जन्मकैदको सजाय तोकेको व्यक्तिलाई समानुपातिकतर्फको सभासद्का लागि उम्मेदवार बनाउनु निर्वाचन कानुन र अन्तरिम संविधानविरुद्ध भएको भन्दै नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आयोगमा उजुरी दिएकी हुन् । व्यक्तिहत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका ढुंगेललाई एमाओवादीले उम्मेदवार बनाएको हो ।

अन्तरिम संविधान तथा निर्वाचन कानुनले फौजदारी अभियोग प्रमाणित भएर सजाय सुनाइएका व्यक्तिहरू आजीवन निर्वाचन लड्नका लागि अयोग्य हुने प्रावधान भएपनि माओवादीले व्यक्ति हत्यामा सर्वोच्चले दोषी ठहर्‍याएका ढुंगेललाई उम्मेदवार बनाएको हो । ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या गरेको प्रमाणित गर्दै सर्वोच्चले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । अन्तरिम संविधानको धारा ६५ ले नैतिक पतन देखिने, फौजदारी अभियोगमा सजाय सुनाइएका ब्यक्तिले संविधानसभाको निर्वाचनमा भाग लिन नपाउने व्यवस्था छ । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारविरुद्ध दाबी विरोधका लागि बिहिबारदेखि १३ गतेसम्मको समय छुट्याएको छ ।

प्रतिक्रिया