तिम्ल्याहा बच्चाको जन्म

चितवन: चितवनकी एक महिलाले तिम्ल्याहा बच्चा जन्माएकी छिन् । चितवनको फूलबारी गाविसकी सीता पौडल (सापकोटा)ले शुक्रबार चितवन मेडिकल कलेजमा तिम्ल्याहा बच्चा जन्माएकी हुन् ।
यही कात्तिक ४ गते सुत्केरी बेथा लागेपछि उपचारका लागि ल्याइएकी तिनले आज बच्चा जन्माएको चितवन मेडिकल कलेजले जनाएको छ ।
शल्यक्रियाद्वारा बच्चा निकालिएको अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार पहिलो बच्चा एक किलो ६०० ग्राम, दोस्रो बच्चा दुई किलो र तेस्रो बच्चा एक किलो ७०० ग्रामका छन् ।
हाल आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । तिनले प्रत्येक एक मिनेटको अन्तरमा छोरी र एक छोरा जन्माएकी हुन् ।

प्रतिक्रिया