विराटनगर: तामाङ राष्ट्रिय मुक्ति मोर्चाका कार्यकर्ताले विराटनगरस्थित एमाओवादीको कार्यालयमा शुक्रबार तालाबन्दी गरेका छन् ।
पहिचानसहितको सङ्घीयता दिने भन्दै अघि बढेको एकीकृत माओवादीले संविधानसभा निर्वाचनको समानुपातिक सिटमा तामाङ जातिबाट प्रतिनिधित्व नगराइएको भन्दै तालाबन्दी गरेका हुन् ।
एमाओवादीले यस क्षेत्रबाट एक जना पनि तामाङ समुदायका व्यक्तिलाई समावेश नगराएकाले तालाबन्दी गर्न बाध्य भएको तामाङ राष्ट्रिय मुक्ति मोर्चाका विष्णु तामाङले जानकारी दिए ।
अरु पार्टीबाट प्रवेश गर्नेलाई तत्काल प्रत्यक्ष र समानुपातिक सिटमा टिकट दिने रणनीति लिएको एकीकृत माओवादीले जनयुद्धदेखि सागै रहेको तामाङ समुदायलाई उपेक्षा गरेको उनीहरुले गुनासो गरे ।
प्रतिक्रिया