सभा बिथोल्न खोज्ने पक्राउ

इलाम: नेकपा (एमाले) इलाम क्षेत्र नं २ को चुनावीसभा बिथोल्न खोज्ने सङ्घीय लिम्बूवान राज्य परिषद्का दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरेको छ । क्षेत्र नम्वर २ का उम्मेदवार सुवासचन्द्र नेम्वाङले सम्बोधन गर्ने कार्यक्रमलाई विथोल्न खोज्ने एकतप्पा–८ का गोविन्दसिंह लिम्बू र भूपेन लिम्बूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
नेम्वाङले गर्ने चुनावी कार्यक्रम बिथोल्न उनीहरूले सडकमा मुढा तेस्र्याउने, कालो झन्डा गाड्नेलगायतका अवाञ्छित क्रियाकलाप गरेका थिए । तर इलाका प्रहरी कार्यालय मङ्गलबारे र राँकेबाट गएको प्रहरी र सशस्त्र प्रहरीको टोलीले विरोधी पक्षलाई तितरवितर पारेपछि नेम्वाङले बुधबार दिउासो एकतप्पाको दोकानडाँडामा सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया