भारतीयको डिजाईनमा निर्वाचन : गुरुङ

चितवन, ८ कात्तिक । नेकपा–माओवादीका सचिव देव गुरुङले विदेशी विस्तारवादहरुले डिजाईन गरेको दोस्रो संविधानको निर्वाचनलाई जनताले बहिष्कार गर्न सुरु गरिसकेको बताएका छन् ।
नेकपा–माओवादी चिवतन र सोसल रिपव्लीकन पार्टीबीच आज (शुक्रबार) चितवनमा भएको एकता घोषणा कार्यक्रममा गुरुङले नेपाली जनताले अहिलेनै ५० प्रतिशत् चुनाव बहिष्कार गरी सकेको बताए । उनले बाँकी रहेका जनताले अधिकारका लागि आन्दोलन गर्ने बताए ।
मुख्य चार दलका शीर्ष नेता र पुष्पकमल दाहालका विरुद्ध निर्वाचन वहिष्कारमा नेपाली जनताको सक्रिय सहभागिता रहने उनको भनाई छ ।
भारतका नेताहरुले मुख्य चार दलका नेतालाई डिनर खुवाएर गोलमेच सभा भंग गराएको नेता गुरुङको आरोप छ ।

प्रतिक्रिया