आपूर्ति व्यवस्था दुरुस्त पार्न निर्देशन

काठमाडौं, ८ कात्तिक । तिहार, छठ पर्व र आसन्न निर्वाचनसम्म आपूर्ति व्यवस्थालाई दुरुस्त पार्न र जनतामा प्रवाह हुने सेवा तथा सुविधालाई थप प्रभावकारी तुल्याउने सरकारले निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाको अध्यक्षतामा दशैंमा भएका कामको समीक्षा गर्दै सेवा तथा सुविधालाई थप प्रभावकारी तुल्याउने सम्बन्धमा उच्च पदस्थ सरकारी पदाधिकारीहरुको वैठक सो निर्देशन दिएको हो ।

वैठकमा सचिव वास्कोटाले सार्वजनिक यातायात व्यवस्थालाई जनमैत्री तुल्याउन स्थापना गरिएका हेल्प डेक्सहरुलाई निरन्तरता दिन र तिहार तथा छठ पर्वमा पनि आग्रिम टिकट खरिद गर्न सकिने व्यवस्था गर्न आग्रह गरे । साथै उनले मोटर वाटो पुगेका सबै जिल्ला सदरमुकामसम्मका वाटो, राजमार्ग र सहायक राजमार्गमा मर्मतको कामलाई निरन्तरता दिन निर्देश दिए ।
त्यस्तै तिहारका वखत पटकालाई पूर्णत: निषेध गर्न, जुवा, तास र लंगुरवुर्जा खेलाउनेलाई तत्काल पक्राउ गर्न र शान्ति सुरक्षालाई थप विश्वसनीय एवं भरपर्दो तुल्याउन प्रहरी प्रशासनलाई निर्देश समेत दिएका छन् । यसैगरी साल्ट ट्रेडिङ्ग कर्पोरेशन, नेपाल खाद्य संस्थान, दुग्ध विकास संस्थान र नेशनल ट्रेडिङ्गद्धारा संयुक्तरुपमा संचालित सुपथ मूल्यका पसलहरुलाई थप प्रभावकारिताका साथ निरन्तरता दिन आग्रह गरे ।
सचिव वास्कोटाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागवाट राजमार्गका रेष्टुराहरुमा नियमित अनुगमन गरी गुणस्तरीयता आधारमा ग्रिन स्टिकर दिन र मिठाईमा हुन सक्ने मिसावटलाई अनुगमन गर्न निर्देशन दिएका छन । साथै उनले दुग्ध विकास संस्थानलाई शुद्ध दुधका मिठाईहरु तयार गरी वजारमा ल्याउन पनि निर्देशन दिए । सचिव वास्कोटाले तिहार अगाडि सुपथ मूल्यका पसलहरुको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फवाट स्थलगत अनुगमन गरिने कुरा वताउदै वाणिज्य विभागलाई नेपालभरी एकीकृत अनुगमनको काम गर्न आग्रह गरे ।
सार्वजनिक यातायातमा जनताले खेप्नु परेका सास्तीलाई न्यून गर्न स्थापना गरिएका हेल्प डेक्सको पनि निरीक्षण गरिने बताए । हाल घोराही, लमही, महेन्द्रनगर, पोखरा, लालवन्दी, झापा, काकडभित्ता, इटहरी, पथलैया, अत्तरिया, कोहलपुर, वुटवल, भरतपुरमा र काठमाडौं उपत्यकाभित्र कलंकी, वल्खु, नयाा वसपार्क, पुरानो वसपार्क, कोटेश्वर, गौशाला, सुन्धारा, नागढुङ्गा, जोरपाटी, एयरपोर्ट र सातदोवाटोमा नागरिक सहायता डेक्स खडा गरिएको छ । ती डेक्सहरुलाई तिहार र छठपर्वसम्म यथावत राख्र्ने निर्णय भएको छ । सार्वजनिक यातायातमा चालक र सवारी चालकको परिचय पत्र खुल्ने व्यवस्था गर्ने, तोकिए भन्दा वढी भाडा लिएमा कारवाही गर्ने, लामो दुरीका वसमा अनिवार्य रुपमा दुई जना चालक राख्नु पर्ने लगायतका व्यवस्था कार्यान्वयन गर्न निजी क्षेत्र पनि प्रतिवद्ध रहेको कुरा यातायात व्यवस्था विभागका महानिर्देशक सुदर्शन ढकालले वताए ।
बैठकमा साल्ट टेड्रिङ्ग
कर्पोरेशनका महाप्रबन्धक उर्मिला श्रेष्ठले दशैंमा सुपथ मूल्यका पसलवाट ५ करोड ४३ लाखको सामान विक्री भएको बताइन । नेशनल ट्रेडिङ्गका महाप्रबन्धक सत्य नारायण महेताले सो अवधिमा १ करोड ११ लाखको सामान विक्री भएको वताए । वाणिज्य विभागका तर्फवाट ५ सय ७ स्थानमा अनुगमन गरिएको छ ।

प्रतिक्रिया