एक सय ३० वटा स्वास्थ्य संस्थाको अनुगमन

Labour_Ministryकाठमाडौ ८, कात्तिक । सरकारले भदौ तेस्रो साता देखि शुरु गरेको वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने एक सय ३० वटा स्वास्थ्य सस्थांको अनुगमन गरेको छ । स्वास्थ्य परीक्षणका लागि थप एक सय नयाँ स्वास्थ्य संस्था सहित तीन सय पाँच स्वास्थ्य संस्थाको अनुगमन गर्ने कामलाई तिर्बता दिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । डाक्टरको समय अभावका कारण अनुगमन गर्नका लागि अझै केही समय लाग्ने मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले बताए ।

संस्थाको अनुगमन सकेर सस्थाहरु नियम बमोजीम सञ्चालन भएकालाई इजाजत दिने सचिव श्रेष्ठले बताए । अनुगमनका लागि तीन जना डाक्टर र एक जना मन्त्रालयको कर्मचारी रहेको छ । ‘अनुगमन पूरा भएपछि मापदण्ड अनुसार सञ्चालन भईरहेका स्वास्थ्य संस्थालाई स्वास्थ्य परीक्षणको अनुमति दिने र मापदण्ड पूरा नभएकालाई केही समय सुधारका लागि समय दिने छौं ।’ सचिव श्रेष्ठले भने– ‘तर, पहिलानै अनुमति लिएका संस्थालाई भने मापदण्ड अनुसार चलेको नपाइएमा स्वास्थ्य परीक्षणको अनुमति पाउने छैन ।’ यसपटक इजाजतका लागि आवेदन गर्ने सबै स्वास्थ्य संस्थालाई सरकारले अनुमति दिइएमा कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था पुरानो दुई सय पाँच सहित ३ सय ५ पुग्नेछन । यसअघि नै सरकारले २ सय ५ वटा संस्थालाई स्वास्थ्य परीक्षणको अनुमति दिइसकेको थियो । पुन: तिनीहरुलाई पनि अनुगमनको दायरामा ल्याउन लागेको हो । मन्त्रालयले मापदण्ड परिमार्जित गर्ने र त्यसको आधारमा मात्र स्वास्थ्य संस्थालाई स्वास्थ्य परीक्षणको अनुमति दिने भएको छ ।
कुल परिमार्जित मापदण्डमा उल्लेखित औजार उपकरणको व्यवस्था भएमा, परीक्षण गर्ने रसायन, लिखित अभिलेख फोहोर व्यवस्थापन र प्रयोग शालामा भौतिक पूर्वाधार जस्ता विषयलाई बढि ध्यान दिने मन्त्रालयले जनाएको छ । यि कुरा लाई बेवास्ता गरि सञ्चलनमा आएका सस्थालाई स्वास्थ्य परीक्षणको अनुमति नदिने भएको छ । त्यस्तै सस्थामा अतिनै आवश्यक पर्ने बाइनाकुलर, सेन्ट्रफिरिज मेसिन, कोलोरिमिटर, माइक्रोसकप, स्पेसटोर, फोटो मिटर, अटोक्लब एक थान, रेफ्रीजेनेटर, हट एयर ओभन, माइक्रोप्रपिट्स भेरिएबल, वाटर बाथ, मल्टिच्यानल माइक्रोप्रिपिटसजस्ता उपकरणअनिवार्य हुनूपर्ने मापदण्डमा उल्लेख रहेको छ । यी पूर्वाधार पूरा नगरेकालाई स्वास्थ्य परीक्षणको अनुमति नदिइने मन्त्रालयले जनाएको छ ।
कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थामा एमडीजीपी वा एमबीबीएस, रेडियोलोजिस्ट, प्याथालोजिस्ट वा मेडिकल टेक्नोलोजिस्ट, कम्प्युटर असिस्टेन्ट, रेकर्ड किपर, ल्याब असिस्टेन्ट, ल्याब टेक्निसियन पनि अनिवार्य राख्नुपर्ने छ । अनुमगनपछि उनीहरुलाई स्वास्थ्य परीक्षणको इजाजत दिइनेछ ।

प्रतिक्रिया