समाजवादीको पनि घोषणा पत्र सार्वजनिक

ashok-raiकाठमाडौं, ७ कात्तिक । संघीय समाजवादी पार्टीले पनि समावेशी राष्ट्रपति प्रणालीसहितको आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
काठमाडौंमा आज (बिहीबार) पत्रकार सम्मेलन गरेर समाजवादी पार्टीले १४ प्रदेशको संघीय संरचना समेत प्रस्ताव गरेको हो ।

अध्यक्ष अशोक राईले राज्य पुन:संरचना समितिले बहुमतले पारित गरेको १४ प्रदेशको प्रस्तावलाई नै स्वीकार गरेको बताए ।
प्रदेशको नामांकन, सीमांकनमा भएका केही कमजोरी सच्याइने उनले बताए ।

Manifesto of FSP, Nepal For constituent Ass election____

प्रतिक्रिया