अध्यक्ष दाहाललाई अबरोध गर्न चक्का जाम

Puspakamal-Dahalबिराटनगर, ७ कात्तिक । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल चुनावी कार्यक्रमका लागि आउने भएपछि नेकपा–माओवादीले धनकुटामा यातायात बन्द गराएको छ ।
अध्यक्ष दाहाललाई कार्यक्रममा सहभागी हुन नदिन नेकपा–माओवादीले एक दिनका लागि धनकुटामा चक्काजाम गरिएको एक नेताले जानकारी दिए ।
बन्दकर्ताले धनकुटा–मूलघाट, धनकुटा–हिले र हिले–सिधुवा सडक खण्डको विभिन्न स्थानमा रुख ढालेर सडक अवरुद्ध पारेका छन् ।
कोशी राजमार्गको पहाडी भेगमा यातायातका साधन नचल्दा धनकुटा, भोजपर, तेह्रथुम र संखुवासभामा यातायात ठप्प बनेको छ ।

प्रतिक्रिया