बन्द/हड्ताल गर्ने बिरुद्ध प्रतिकार : दाहाल

Puspakamal-Dahalविराटनगर, ७ कात्तिक । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बन्द/हड्तालमा उत्रने विरुद्ध जनता प्रतिकारमा उत्रने बताएका छन् ।
विराटनगरमा आज (बिहीबार) पत्रकारसँग कुरागर्दै अध्यक्ष दाहालले बन्द/हड्ताल नगर्न सबैलाई आग्रह गरे । आफ्ना कार्यक्रमलाई लक्षित गरेर नेकपा–माओवादीले बन्द/हड्ताल गर्न थाले पछि अध्यक्ष दाहालले सो कार्यको प्रतिकार हुने बताएका हुन् ।
उनले मुलुक निर्वाचनमा प्रवेश गरिसकेको भन्दै चुनाव विरोध कार्य नगर्न सुझाव दिए । अध्यक्ष दाहालले जतिनै अवरोध भए पनि चुनाव तोकिएकै समयमा हुने दाबी गरे ।

प्रतिक्रिया