काठमाडौं, ७ कात्तिक । सरकारको कामकारबाही, चुनावी तयारीका विषयमा राष्ट्रपति डा.रामवरण यादव र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबीच परामर्श भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज (बिहीबार) भएको भेटवार्तामा मुलुकको पछिल्लो शान्ति सुरक्षाका विषयमा समेत छलफल भएको बुझिएको छ । अध्यक्ष रेग्मीले चुनावी तयारीका साथै सरकारका कामकारबाहीलगायतका विषयमा डा.यादवलाई जानकारी गराएका थिए ।
राष्ट्रपति डा.यादवले मतदातालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन र उम्मेदवारको सुरक्षा प्रदान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको बुझिएको छ ।
संविधानसभा निर्वाचन आउन एक महिना भन्दा पनि कम समय रहेका बेला राष्ट्रपति डा.यादवले चुनावी तयारीका विषयमा जानकारी लिएका हुन् ।
प्रतिक्रिया