कोटेश्वरमा राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि

Tekowandoकाठमाडौं : कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा चौथो कोटेश्वर आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा सिनियर/जुनियरमा ८१ पुरुष र ७२ महिला गरी जम्मा १ सय ५३ खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक विक्रम लामाले जानकारी गराए । सिनियरमा पााच विकास क्षेत्र, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल प्रहरी क्लब तथा आयोजक ‘ए’ र ‘बी’ सहित ९ टिमको सहभागिता रहनेछ । त्यस्तै जुनियरमा यि ९ टिमसहित काठमाडौं, ललितपुर र भक्तपुर गरी १२ टिमले भाग लिनेछन् । सिनियरमा ९ र जुनियरमा ६ तौलसमूह गरी कूल १५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजाङका प्रमुख नवीनकुमार श्रेष्ठले अवगत गराए । सिनियरको पुरुषमा ५४, ५८, ६३, ६८ र ७४ केजीमुनि तथा महिलामा ४६, ४९, ५३ र ५७ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । जुनियरको पुरुषमा २५, ४२, ४६ र ५० केजीमुनि तथा महिलामा ३८ र ४२ केजीमुनि खेल हुनेछ । प्रतियोगिताको सिनियर र जुनियरमा उत्कृष्ट घोषित हुने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोग रहने प्रतियोगिता सञ्चालन गर्न ४० निर्णायक परिचालन गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न १७ सदस्यीय आयोजक समिति गठन गरिएको छ भने १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख रुपैयाा खर्च हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु नरेफााटमा हुनेछ ।
मध्यमाञ्चल गत संस्करणमा टिम च्याम्पियन बनेको थियो । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । २०४९ सालमा स्थापित कोटेश्वर तेक्वान्दो डोजाङका २ खेलाडीले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका छन् भने ३ खेलाडीले एसियाली खेलकुदमा सहभागिता जनाइसकेका छन् । त्यस्तै एक खेलाडीले प्रथम युथ ओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया