नेपाल तेस्रो

केन्यामा भएको दोश्रो रोलबल विश्वकपमा नेपाली महिला टोली तेश्रो भएको छ । अक्टोबर ३ देखि ७ तारिखसम्म भएको प्रतियोगिताअन्तर्गत तेश्रो स्थानका लागि भएको खेलमा नेपालले तान्जानियालाई ६–३ गोलअन्तरले पराजित गर्‍यो । कप्तान सुमी श्रेष्ठले हयाट्रिक गरेको उक्त खेलमा शीला कुावरले २ र स्वेता कुावरले १ गोल थपे । पुरुष टोली भने सातौं भएको नेपाल रोलबल संघका महासचिव एवं टिम प्रशिक्षक अर्पण पुरीले जनाएका छन् ।

प्रतिक्रिया