काठमाडौं, ७ कात्तिक । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली बुधवार प्रकाशन गरेको छ । १ सय २२ दलले समानुपातिक निर्वाचनमा भाग लिन उम्मेदवारको बन्दसूची आयोगमा पेस गरेका थिए । आयोगले बन्दसूचीमा परेका उम्मेदवारहरूको योग्यतालगायतको बारेमा बिहीबारबाट छानबिन सुरु गर्ने जानकारी दिएको छ । ‘बिहीबारदेखि हामी प्रशासनिक काम सुरु गर्छौं,’ आयोगका प्रवक्ता वीरबहादुर राईले सौर्यसाग भने, ‘त्यसपछि हामी अन्तिम नामावली प्रकाशन गर्छौं ।’ आयोगमा दर्ता भएका उम्मेदवारको नामावलीमा केही थपघट हुन सक्ने राईले जानकारी दिए । उनले उम्मेदवारी फिर्ता, उम्मेदवारको दाबीविरोधलगायतका लागि शुक्रबारसम्मको समय दिएको समेत जानकारी दिएको छ । उम्मेदवारको अन्तिम नामावली शनिवारसम्ममा प्रकाशन गर्ने आयोगको तयारी रहेको छ ।
आयोगमा निर्वाचनका लागि दल दर्ता गराउने राजनीतिक दलको संख्या १ सय ३० भए पनि १ सय २४ दलले मात्र निर्वाचन प्रक्रियामा सहभागी बनेका छन् । ती मध्ये पनि आयोगमा भने १ सय २२ दले मात्र बन्दसूची पेस गरेका छन् । आयोगले आयोगमा बन्दसूची पेस गरेका दलहरूले उम्मेदवारको नामावली निर्वाचन प्रणालीअनुसार नमिलेको भन्दै आयोगले पुन: सच्याउँन भनेको थियो । आयोगको निर्देशनपछि एमाओवादी, कांग्रेस, एमालेलगायत दलहरूले मंगलवार बेलुकासम्म पनि समानुपातिकतर्फको बन्दसूचीमा परेका उम्मेदवारको नामावली हेरफेर गरेका थिए ।
प्रतिक्रिया