दिपक मनाङे धरौटीमा रिहा

Deepak-Manangeकाठमाडौं, ७ कात्तिक । अवैधरूपमा अकुत सम्पति आर्जन गरेको अभियोगमा हिरासतमा रहेका दीपक मनाङे भनिने राजीव गुरुङ बुधबार रिहा भएका छन् । विशेष अदालतले मागेको २ करोड ९० लाख धरौटी रकम बुझाएर उनी रिहा भएका छन् । अदालतले ३ साउनमा अपहरण, फिरौती, तथा गुन्डागर्दीजस्ता अवैध धन्दाबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनीसँग २ करोड ९० लाख धरौटी मागेको थियो । मागेको धरौटी बुझाउन नसक्दा ३ महिनादेखि जेल जीवन बिताइरहेका मनाङेले सुन्दरीजलको १८ रोपनी २५ आना जग्गा धरौटी राखी रिहा भएका हुन् । उनलाई विभागले १४ करोड ७३ लाख ३१ हजार बराबरको अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाएको हो ।

विभागले मनाङेसहित ५ डनविरुद्ध मुद्दा चलाएको छ । मुद्दा चलाएका तीन डन यसअघि नै अदालतले तोकेको धरौटी रकम बुझाई रिहा भइसकेका छन् भने अर्का डन अभिषेक गिरी भने अझैँ फरार छन् । मनाङेसँग १४ करोड ७३ लाख ३१ हजार ८ सय ६ रुपियाँ अवैध सम्पत्ति रहेको दाबीसहित उनीविरुद्ध मुद्दा चलेको थियो । म्याद गुजारेपछि मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)ले ३१ साउनमा सिटी सेन्टरबाट पक्राउ गरेको थियो । उनीसँग अदालतले २ करोड ९० लाख धरौटी मागेको थियो तर बुझाउन
नसकी डिल्लीबजार कारगार थुनामा रहेका थिए ।
तीन महिनापछि अदालतबाट रिहा हँुदा उनका समर्थक र राष्ट्रिय संघीय पार्टीका कार्यकर्ताले स्वागत गरेका थिए ।

प्रतिक्रिया