चौँथो कोटेश्वर राष्ट्रिय तेक्वान्दो ८ कात्तिकमा

काठमाडौं, २५ असोज । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा चौथो कोटेश्वर आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिता कात्तिक ८ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर र जुनियरमा गरी जम्मा १ सय ६८ खेलाडीले १५ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने आयोजक डोजाङका प्रमुख नवीनकुमार श्रेष्ठले बिहीबार जनाएका छन् । सिनियरमा ९ तथा जुनियरमा ६ तौलसमूहमा भिडन्त हुनेछ ।
प्रतियोगिताको सिनियरमा पााचै विकास क्षेत्र, तीन विभागीय टिम नेपाल प्रहरी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाली सेना, आयोजक ‘ए’ र ‘बी’ गरी १० टिमको सहभागिता रहनेछ । जुनियरमा यि १० टिमसहित काठमाडौं, ललितपुर र भक्तपुरले पनि भाग लिने बताइएको छ ।
सिनियरको पुरुषमा ५४ केजीमुनि, ५८ केजीमुनि, ६३ केजीमुनि, ६८ केजीमुनि र ७३ केजीमुनि तथा महिलामा ४६ केजीमुनि, ४९ केजीमुनि, ५३ केजीमुनि र ५७ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।
जुनियरको पुरुषमा २५ केजीमुनि, ४२ केजीमुनि, ४६ केजीमुनि र ५० केजीमुनि तथा महिलामा ३८ केजीमुनि र ४२ केजीमुनि वजनसमूहमा खेल हुनेछ ।
सिनियर र जुनियरमा उत्कृष्ट हुने चार खेलाडीलाई नगदबाट पुरस्कृत गरिनेछ । दुईदिने प्रतियोगिताका खेलहरु नरेफााटमा हुनेछन् ।

प्रतिक्रिया