न्यु डायमन्ड र ढोरपाटन फाइनल भिड्ने पक्का

काठमाडौं : न्यु डायमन्ड स्पोर्टस् क्लब र ढोरपाटन स्पार्टस् क्लव १५ औं राजेन्द्र स्मृति कप खुला भलिबल प्रतियोगितामा लगातार तिन–तिन खेलमा जित हात पार्दै फाइनलमा भेट पक्का गरेका छन् ।
पााच टिम सहभागी प्रतियोगिताको राउन्ड रविन लिगमा बुधबार न्यु डाइमन्डले चम्पा देबी रिसर्च एन्ड डेभलपमेन्ट सोसाईटिलाई ३–० को सोझो सेटमा पाखा लगायो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका न्यु डायमन्डका रामकुमार श्रेष्ठले म्यान अफ दी म्याच हुदै चाादीको सिक्रि पाए । १४ औं सस्करणको विजेता न्यु डायमन्डले कीर्तिमापुरमा चम्पा देबीलाई २५–२१, २५–१६ र २५–२३ ले पाखा लगाएको थियो । आजै भएको दोस्रो खेलमा ढोरपाटन स्पोट्सक्लवले आयोजक इन्द्रायण्ीालाई २५–२३, २५–२१ र २५–१५को सोझो सेटमा पराजित गरेको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका ढोरपाटनका तिलक महतोले म्यान अफ दी म्याच हुदै चाादीको सक्रि हात पारे ।
लगातर तिन खेल जितेको कारण दुवै टिम एक खेल अगावै फाईनल प्रवेश गरेको हुन् । बिहिबार हुने यि दुई टिम बिचको लिग चरणको खेलले फाईनल समिकरणमा कुनै असर पार्ने छ्रैन् ।

प्रतिक्रिया