कराते एकेडेमीको सपना पालेका धनकुटेली प्रतिभा

kushalसुदुर पूर्वीपहाडी जिल्ला धनकुटा । नेपालको प्रजातान्त्रिक आन्दोलन अध्ययन गर्नेहरुले यो जिल्लालाई सहिद भीमनारायण श्रेष्ठको जिल्लाका रूपमा चिन्छन् । पञ्चायती राजनीतिका सदाबहार व्यक्तित्व सूर्यबहादुर थापाको गृह जिल्ला पनि हो । पञ्चायती शासनकालमा छिन्ताङ हत्याकाण्डका कारण धेरै हदसम्म आलोचित पनि हो यो जिल्ला ।

पूर्वेली संस्कृतिमा भिन्न र पृथक महत्त्व बोकेको धरानबाट उत्तर लागेपछिको यो जिल्लाले केही राष्ट्रियस्तरका व्यक्तित्वलाई जन्म दियो । तीनै धनकुटे व्यक्तित्वहरूका माझ अहिलको चर्चा पछिल्लो समयका स्टार खेलाडी कुशल श्रेष्ठको हो ।
उनले औपचारिक रूपमा सन्याष त लिएका छैनन् तर, सक्रिय खेलाडी जीवनबाट टाढा भने निश्चय पनि छन् । उनको लक्ष्य कराते एकडेमी निमार्ण गर्ने, राम्रो प्रशिक्षक बन्ने र मिलेसम्म आफ्नोतर्फबाट नेपाली करातेलाई थपयोगदान गर्ने नै हो । उनले करातेमा प्रवेश गरेको १८ वर्ष भएछ । यो १८ वर्षमा उनले केही अर्थोपार्जन गरे, केही विदेश भ्रमण गरे । यी धनकुटेलीले काठमाडांैका मै हुँ भन्ने रैथानेसँग उठबसको मौका पाए । तर, यी सबै सामान्य नै हुन् । उनले पाएको सबैभन्दा ठूलो सफलता भनेको उनले यो खेलमा राखेको कीर्तिमान हो । उनको नाममा साफ खेलमा सबैभन्दा धेरै स्वर्ण पदक प्राप्त गर्ने खेलाडीका रूपमा कीर्तिमान रहेको छ ।
हरेक खेलको आफ्नै शैली र आफ्नै विज्ञान हुन्छ । साथमा फरक उद्गमस्थल, फरक पृष्ठभूमी र फरक प्रभाव क्षेत्र पनि । एथलेटिक्स, फुटबल, जिम्न्यास्टिक, पौडी, चेस र बास्केटबलजस्ता विश्वव्यापी लोकप्रिय खेलका पनि खास प्रभाव क्षेत्र रहेका छन् । अमेरिकी महाद्विप, क्यारेबियन क्षेत्र, पूर्वीयुरोप र ल्याटिन अमेरिकी क्षेत्र भिन्न भिन्न खेलका प्रभाव क्षेत्र बनेर रहेका छन् । खेल क्षेत्रमा अलिकपछि रहेको एसियाली महाद्विप भने टेबलटेनिस, भारोत्तोलन र मार्सल आर्टको प्रभावशाली क्षेत्रका रूपमा रहेको देखिएको छ ।
एसियाली महाद्विप नै उद्गम विन्दु भएको मार्सल आर्ट भने २१आँै शताब्दीको सुरुआतसम्म आइपुग्दा विश्वव्यापी रूपमै लोकप्रिय मात्र बनेन, यसले खेलकुदको मुलधारमा आफ्नो पकड र प्रभावलाई विस्तार पनि गर्दै रह्यो ।
चिनिया परम्परागत मार्सल आर्ट उसु, कोरियाली मार्सल आर्ट तेक्वान्दो र जापानी मार्सल आर्ट जुडो र करातेको लोकप्रियता २१ औ शताब्दीको खेलकुदको असरदार विषय बन्यो । सुरुमा रुक्यु राज्यमा खेलिने करातेले त्यसो स्राम्राज्यको अबसानसँगै प्राज्ञिक स्वरूप प्राप्त गर्‍यो । सन् १९२४ मा पहिलोपटक जापानी विश्वविद्यालयमा प्रभाव जमाएको करातेले सन् १९६० देखि ७० को विचमा विश्वव्यापी रूपमा लोकप्रियता पाउन थाल्यो । सुरुमा आत्मरक्षाका लागि खेलिने कराते विस्तारै व्यावसायिक रूपमा पनि प्रवेश पाउन थाल्यो । चलचित्र निमार्ताका लागि आकर्षक कला बन्न थाल्यो । यसलाई आध्यात्मीक शक्तिसँग जोड्नेले करातेलाई ध्यान र योगसँग जोडेर हेर्न थाले । आधुनिक करातेका पितामह गिचिन फुनाकोशीले यो कलालाई सांसारिक विषयबाट वैराज्ञ प्राप्त गर्ने माध्यमको रूपमा पनि व्याख्या गरे । यही आरोह र अवरोह प्राप्त गरेको करातेले नेपालमा पनि भिन्न परिवेश, भिन्न घटनाक्रम र चर्चा परिचर्चा बटुल्यो ।
पञ्चायतकालकालीन अवधिमा आम जनसाधारणका लागि मार्सल आर्ट नेपालमा प्रतिबन्धित थियो । त्यो अवधिमा यो खेल केवल प्रहरी र सेनाभित्र मात्र खेल्न पाइन्थ्यो । तापनि, भूमिगत अवस्थामै भए पनि मार्सल आर्टका विभिन्न विधा मुलुकभित्र खेल्ने र खेलाइने भइरहेको हुन्थ्यो । यसरी प्रतिबन्धित अवस्थाबाट सुरु भएको कराते २०३९ सालमा जतिबेला दशरथ रंगशालामा खुला प्रदर्शनसहित खुला रूपमा खेल्न र खेलाइने अनुमति पायो, यसले त्यसबेलासम्म नेपालका थुप्रै क्षेत्रमा प्रभाव जमाइसकेको थियो ।
खुल्ला युगमा प्रवेश गर्ने वित्तिकै करातेको अफिसियल प्रतियोगितामा सफलता पाउन थालेको नेपालका लागि काठमडांैमा सन् १९९९ मा भएको आठाँै दक्षिण एसियाली खेलकुद सस्मरणीय रह्यो । नेपाली कराते माथिल्लो उचाइमा भएको समयमा भएको दक्षिण एसियाली खेल महोत्वसमा १६ मध्येका १४ स्वर्णपदक जितेपछि नेपालको तालिकामा दोस्रो स्थानमा रहने आधार तयार भएको थियो ।
त्यसो त त्यसभन्दा अघि भएको बैंकक एसियाडमा नै नेपालले कांस्यपदक प्राप्त गरिसकेको थियो । विश्व च्याम्पियनसिपमा पनि नेपालको वजनदार उपस्थिती रहन थाल्यो । नेपाली करातेको त्यो गौरवका गाथा त्यत्ति लामो समय रहेन । नेपाली कराते धर्मराउदो थियो । त्यो धर्मराउदो अवस्थामा नेपाली करातेको साख जोगाउने एउटा नायक भने कुशल नै बने ।
उनी काठमाडांैमा रमाउछन्, सक्रिय छन् । तर, उनको मनमा यदा–कदा धनकुटाको यादले सताउछ र केही गर्ने चाहनाले पनि । उनको अन्तस्करणमा विगतका थुप्रै झझल्काहरूले सताउन थाल्छन् । काठमाडौं र धनकुटाबीचको दूरी र केन्द्रिकृत राज्यका नीतिका कारण । छनोटको एक दिनअघि मात्र थाहा पाउँदा कुशलले बुसान एसियाडको छनोट खेलको अबसर गुमाएका थिए । अहिले भन्छन्, ‘कुनै पनि खेलाडीले भौगोलिक विकटताका कारण अबसर गुमाउन नपरोस् । उनी वि.स. २०५२ मा कराते खेलमा प्रवेश गर्दा एउटा अवस्था थियो । राष्ट्रिय च्याम्पियन बन्नुभन्दा दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सजिलो थियो । नेपाली खेलाडी भन्ने वित्तिकै सबै विदेशी हच्कन्थे । तर, कुशल राष्ट्रिय खेलाडी हुँदा त्यो अवस्था थिएन । हुन त उनी भयंकर फर्ममा रहेको समयमा पाकिस्तानमा नवौ दक्षिण एसियाल िखेलकुदको आयोजना भएको थियो । तर, पनि उनलाई त्यो साफ खेलकुद फापेन । फाइनलमा उनी पाकिस्तानी प्रतिद्वन्दीसंग पराजित भए, गोल्डेन स्कोरमा । त्यो उनको हार थिएन, नेपाली करोतमा पनि एउटा धक्का थियो, आशातीत स्टारको पराजय ।
त्यो पराजयबाट कुशलले हार खाएन्न, अझ बढी मिहनेत गरे । प्रतिक्षा गरे, र पर्खे कोलम्बो सागसम्म । कोलम्बो सागमा श्रीलंकाली प्रतिद्वन्दी एडवार्डलाई फाइनलमा हराउदै कुशलले स्वर्ण पदक जिती छाडे । त्यस पछ िपालो थियो ११ ओ ढाका सागको ।
११ ओ ढाका सागमा उनले स्वर्णपदक जित्न सकेनन् । कांश्य पदकमा सिमित भए । तर, त्यहा पनि उनले नेपाली टोलीको उद्धार नै गरे । ब्यबसथापकीय कमजोरीका कारण पूर्णनेपाली कराते टोल िढाका पुग्न सकेन । नेपाली बृत्तमा हलचल । कुमुतेका स्टार कुशलले काता देखाउने हिम्मत गरे । नेपाली टोली तेस्रो भयो । तर, उनको नाममा पनि एउटा कीर्तिमान कायम रह्यो । साग खेलमा चार पदक जित्ने एक्लो कराते खेलाडीका रूपमा ।
यसरी समय र प्रतियोगिताहरूमा एकपछि अर्को सफलता पाउँदै गएपछि उनी क्रमश: नेपाली करातेको इतीहासमा केही यादगार र चर्चामा रहने नाम बन्न पुगे । तर, कुशलमा एउटा भिन्नता रह्यो । उनले आफ्नो जमानाका नामी खेलाडीहरुसंग प्राय भिड्ने अवसर पाए ।
उनी शिक्षामा स्नातक हुन् । यीनको पूखर््यौली घर भारतको सिमानासंग जोडीएको तराइको शहर हो, बिरगञ्ज । हुर्काइ पहाडी जिल्ला धनकुटा अनी बसाइ काठमाडौ । कुशल स्वभावैले परिपक्व लागछन् । उनीसंग शिक्षापूर्जा मात्र छैन, साच्चै शिक्षित पनि छन् । जिवन बुझेका छन्, अझ समाज पनि । यसैकारण त उनमा एक खाले ‘म्याग्नेटिक पर्सनालीटीको झझल्को आउछ ।’
तारा गुरुङ यीनको जिवनकी सबभन्दा महत्वपूर्ण पात्र हुन् । उनी पनि खेलाडी नै हुन् । उनी तारासित प्रेम बिबाह गरेका कुशलले नेपाली खेलकुदमा एउटा कीर्तिमान कायम गरेका छन् । पछिल्लो एसियाडमा यी दुवै सहभागी थिए । सन् १९७८ पछि एसियाडमा सहभागि हुने नेपाली श्रीमान श्रमतीको रूपमा कुशल र ताराले कीर्तिमान कायम गरेका हुन् । श्रीमती ताराले लामो संघर्ष गरेर एसियाडमा सहभागिातको अबसर पाएकी हुन् । त्यो अवसरको पर्खाइ कुशल सायद कराते खेलमा लागेर सबैभन्दा धेरै तनाबमा रहेको समय हुनुपर्छ । यसै घटनालाई सम्झदै कुशल भन्छन् ‘कसैको ‘पुस’ र ‘पुल’ नभएर नै पनि यहासम्म आइयो ।’ आखिर ‘ब्युटी अफ स्पोर्ट्स’ नै यही हो । नेपाल जस्तो पहुच र ‘रिफर’ प्रणालीमा चल्ने देशमा पनि मिहेनत गर्नेले पुस र पुल बिना नै उपलब्धी प्राप्त गर्ने एउटै क्षेत्र हो खेलकुद । त्यसै क्षेत्रका एकजना सफल व्यक्तित्व बन्न पुगका छन् कुशल । उनी आफैँमा यसका एक प्रमाणित सत्य बनिसकेका छन् ।

प्रतिक्रिया