काँग्रेस बागी उम्मेदवार फिर्ता

खोटाङ : क्षेत्र नम्बर १ बाट नेपाली काग्रेसमा बागी उम्मेदवारी दिएका श्यामकुमार राईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्रीय सचिवसमेत रहनुभएका राईले पार्टीभित्रको केही कमजोरीले आफू असन्तुष्ट भए पनि जित काग्रेसको पोल्टामा पार्न उम्मेदवारी फिर्ता लिएको बताए । राईले नरेशकुमार श्रेष्ठविरुद्ध बागी उम्मेदवारी दिएका थिए । त्यस्तै, खोटाङ क्षेत्र नं २ बाट बागी उम्मेदवारी दिएका काग्रेसकै विष्णुराज राईले भने आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । उनले जिल्ला पार्टी सभापतिसमेत रहेका विष्णुकुमार राईविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया