बहिस्कार अभियानले चुनावलाई चुनौती थपियो : गृहमन्त्री

Chitwanचितवन, २४ असोज । गृहमन्त्री माधव घिमिरेले निर्वाचन बहिस्कार अभियानले दोस्रो संविधानसभालाई चुनौती थपदिएको बताएका छन् ।

‘यो निर्वाचन सरल र सहज नहुन सक्छ, केही दलहरूले असन्तुष्टि व्यक्त गरेका छन्’ उनले भने ‘वार्ता, संवादका लागि सरकार गम्भिरताको साथ लागेको हो, तर बहिस्कारको अभिव्यक्तिले चुनौती थपिदिएको छ ।’ दोस्रो संविधानसभाको निर्वाचनसम्बन्धी क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा गृहमन्त्री घिमिरेले अहिले मुलुकका लागि निर्वाचनको विकल्प नभएको दोहोर्‍याए । निर्वाचनबाहिर रहेका शक्तिहरू चुवावका लागि केही चुनौती रहेको बताउँदै उनले त्यस्ता खाले चुनौती सामना गर्न नेपाल सरकार तयार रहेको समेत बताए । ‘सेना र प्रहरीको लामो दक्षता र सीपलाई प्रयोग गरेर हामी निर्वाचन भएरहित र निष्पक्ष गर्न सफल हुनेछौँ घिमिरेले भने, ‘जति सुकै चुनौती आओस् निर्वाचन मंसिर ४ मै हुनेछ ।’ गृहमन्त्री धिमिरेले नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी समन्वयात्मक ढंगले कसरी परिचालन हुने भन्नेबारे छलफल भइसकेको र त्यही रणनीतिअनुसार काम बाडफाड हुने जानकारी दिए । उनले चारै तिर देश चुनावमय भएको बताउँदै ंंंनिर्वाचन सफल बनाउन सबै एकजुट हुन आग्रह गरे । उनले ४ मंसिरको चुनावलाई चाहेर पनि कसैले रोक्न नसक्ने बताउँदै देश निर्वाचनको अन्तिम तयारीमा रहेको जानकारी गराएका थिए । उनले ४१ दिनपछि निर्वाचन हुने भन्दै निर्वाचनले नै नेपाल र नेपालीको भविष्य कोरिने दाबी गरेका थिए । जसका लागि सबै राष्ट्रसेवक, कर्मचारी, पत्रकार र सबै तहतप्का सकरात्मक विचारका साथ लागि पर्न उनले निर्देशनसमेत दिए । गृहमन्त्री घिमिरेले संविधानसभा निवाचनमा राज्यका सबै शक्ति परिचालन गरेर चुनाव भएरहित र निष्पक्ष बातावरणमा गरिने दाबीसमेत गरे ।
सोही अवसरमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले ४ मंसिरको चुनाव भएरै छाड्ने दाबी गरे । ‘अब मतदान केन्द्रसम्म जाने दूरी मात्रै नाप्न बाँकी छ,’ उनले भने, ‘सबै तयारी अन्मित चरणमा छ, अब शंक गर्न ठाउँ छैन ।’ उनले ४ मंसिर मै चुवाव सम्भव रहेको बताउँदै जनतामा निर्वाचनका विषयमा भ्रम छाएको भन्दै त्यस्तो खाले भ्रममा नपरी निधारित मितिमै चुनाव हुनेमा ठुक्क रहन सबैलाई आग्रह गरेका थिए । सरकार र निर्वाचन आयोग निर्वाचनका लागि सबै क्षेत्रमा गइसकेकोले समेत पूर्णविश्वस्त रहन आग्रह गरे । प्रमुख आयुक्त उप्रेतीले उम्मेदवारदेखि दलसम्म सुरक्षाको प्रत्याभूति गराउन सरकार तयार रहेको बताउँदै चुनाव पूर्णशान्ति र स्वतन्त्र रूपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । गोष्ठीमा मध्यमाञ्चल क्षेत्रको क्षेत्रीय प्रशासक, जिल्लाहरू प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी, नेपाली सेना, र राष्ट्रिय अनुसन्धानका अधिकारी समिलित सम्मेलनमा गृह मन्त्रालयले चुनाव सम्पन्न गर्न तयार गरेको विभिन्न योजना र रणनीतिबारे छलफल भएको एक प्रहरी अधिकारीले बताए । स्रोतका अनुसार सम्मेलनमा उम्मेदवारको सुरक्षा चासो र चुनाव बिथोल्न खोज्ने राजनीतिक शक्तिहरूलाई कस्तो खालको कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ । सम्मेलनमा दुई सय बढी सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया